हाम्रो परिचय

परिचय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको  हो । नेपालमा गणतन्त्रको स्थापनासँगै साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य तथा साहित्य  विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भएपछि ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ ’ बमाेजिम २०६७ बैशाख १० गते स्थापना भएकाे एक स्वायत्त स‌ंस्था हाे । यस प्रज्ञा प्रतिष्ठानकाे प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री तथा संरक्षक माननीय स‌ंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेकाे छ ।  मुख्य काम /कर्तव्य सङ्गीत तथा नाट्य विधालाई विश्व समक्ष परिचित गराउने, सङ्गीत

पूरा पढ्नुहोस्

  गतिविधि

१४ औँ प्राज्ञ सभा सम्पन्न

२०८० फागुन २१ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका १४ औँ प्राज्ञ सभाको समुद्घाटन समारोह सोमबार रुसी साँकृतिक केन्द्र, कमलपाेखरीमा सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूको प्रमुख आतिथ्यता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशिला

पूरा पढ्नुहोस्

साङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८६ औँ जन्मजयन्ती

२०८० फागनु १४ गते । काठमाडौं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते वरिष्ठ सङ्गीतज्ञ तथा प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६ अाैं जन्म जयन्तीका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रम प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजना गरे

पूरा पढ्नुहोस्

धिमाल जातिकाे जन्मदेखि मृत्युसम्म गरिने संस्कार (सिई) परम्परासँग सम्बन्धित कार्यक्रम मोरङमा सम्पन्न

  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा पुराना जाति धिमालको संस्कृतिसंग सम्वन्धित जन्मदेखि मृत्युसम्म गरिने संस्कार (सिई) परम्परासँग सम्बन्धित रही मिति २०८०/११/ १३ गते आइतबार मोरङ, मङ्गलबारे, उर्लावारीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठा

पूरा पढ्नुहोस्

  सामाजिक संजाल