किराँत राईको मुन्दुमको समाजशास्त्रीय तथा सङ्गीतशास्त्रीय अध्ययन

किरात राई जातिमा प्रचलित ‘मुन्दुम’ गेयात्मक रूपमा अघिल्लो पुस्तामार्फत् पछिल्लो पुस्तासम्म हस्तान्तरण हुँदै आइरहेको छ । ‘मुन्दुम’ किरात राई जातिको धर्म, संस्कृति, इतिहास, भाषा, साहित्य, गीतसब्गीत तथा नाट्य परम्पराको समेत स्रोत हो । त्यसैले यी जातिको प्राचीन तथा मौलिक वाब्मय ‘मुन्दुम’ लोप हुनु भनेको उनीहरूको साँस्कृतिक आधार नै समाप्त हुनु हो । मुन्दुमभित्र राई जातिको आदिम भाषा, संस्कृति, दर्शन, चिन्तनमनन तथा अन्य समग्र पक्षको विवरण समेत प्राप्त गर्न सकिन्छ । मुन्दुमी ज्ञान जोसुकैसँग हुँदैन विशेषतः विजुवा, धामी–झाँक्री, नाक्छोब, कुवी आदि निश्चित जानकार व्यक्तिहरूले गेयात्मक रूपमा मुन्दुमलाई प्रस्तुत गर्दछन् । मुन्दुम गाउँदै विभिन्न प्रकारको अभिनय समेत प्रस्तुत गरिने हुँदा मुन्दुम गीतसब्गीतको स्रोत त हुँदै हो यसका अतिरिक्त मुन्दुममा नाट्यबीज समेत प्राप्त गर्न सकिन्छ । त्यसैले नेपालका प्राचीन किराती राई जातिको मुन्दुमको अध्ययनबाट ती जातिमा प्रचलित गीतसब्गीत तथा नाट्य परम्पराको समेत अवलोकन गर्न सकिने हुँदा यस प्रकारको अध्ययन अनुसन्धानको महत्व सब्गीत तथा नाट्य  क्षेत्रमा समेत निकै फलदायी हुनसक्छ । यही तथ्यलाई मध्यनजर गरेर नेपाल सब्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले लेखक तथा अन्वेषक डा. भक्त राई र सब्गीतकार पारस मुकारुबसँग मिलेर ‘किरात राई मुन्दुमको समाजशास्त्रीय तथा सब्गीतशास्त्रीय अध्ययन’ शीर्षकमा अनुसन्धान कार्य गरेको हो । प्रस्तुत ग्रन्थ त्यही अनुसन्धान प्रतिवेदनको परिमार्जित रूप हो । 


पूर्वी नेपालमा प्रचलित विभिन्न प्रकारका मौलिक गीतहरूमध्ये धेरै गीतसब्गीतको स्रोत मुन्दुमलाई मान्न सकिन्छ । साकेला, हाक्पारे, गोठाले, हियारी, रिसीया, होप्माछाम, पालाम जस्ता गीतहरू मुन्दुममा आधारित गीतहरू हुन् । यसरी नै किरात राई जातिको महत्वपूर्ण गीत तथा नृत्य साकेलामा विभिन्न प्रकारका अभिनयहरू समेत प्रस्तुत गरिन्छ । यसरी हेर्दा के देखिन्छ भने मुन्दुमको अध्ययनबाट विभिन्न प्रकारको गीतहरू जस्तै ः पर्व गीत ‘साकेला’, कर्म गीत ‘गोठाले’, संस्कार गीत ‘हियारी’, बाह्रमासे गीत ‘हाक्पारे’ र धार्मिक गीत ‘रिसिया’, ‘होप्माछाम’ जस्ता गीत सब्गीतको समेत संरक्षण ठूलो महत्व तथा प्रवद्र्धन हुने हुँदा यस अनुसन्धानको अत्यन्त ठूलो महत्व रहेको छ ।