नेपाली सङ्गीतमा नारी (विगतदेखि वर्तमानसम्म)

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली सङ्गीतक्षेत्रमा क्रियाशील गरी कलाकर्मीहरूको बृहत् अध्ययन तथा खोज अनुसन्धान गरेर तयार पारिएको पुस्तक ‘नेपाली सङ्गीतमा नारी’ प्रकाशनमा ल्याएको छ । सञ्चारकर्मी राजाराम फुयाँलले बृहत् अनुसन्धान तथा खोजविन गरेर यो पुस्तक तयार पार्नु भएको हो ।  ४ सय पष्ृठ लामो यस पुस्तकमा सङ्गीतलाई कालक्रमिक अध्ययन गरिएको छ । पष्ृठ भूमिकाल, प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालका रूपमा विभिन्न समयलाई वर्गीकरण गरेर चरणबद्ध विषयहरू यसमा समावेश छन् । सङ्गीतमा क्रियाशील सबै विधामा उपस्थिति जनाएका महिला स्रष्टा÷कलाकारहरूको बारेमा विधागत रूपमा उल्लेख गरिएको छ ।  कालखण्डको प्रारम्भमा भए गरेका साङ्गीतिक घटना तथा क्रियाकलाप स–विस्तार प्रस्तुत गरिएको छ । जसबाट तत्कालीन समयमा के के भएको रहेछ भन्ने कुरा ज्ञात हुन्छ । कुन कुन स्रष्टा÷कलाकार के कस्तो पृष्ठभूमि र परिस्थितिबाट सङ्गीतको कुन विधामा कसरी प्रवेश गरेका रहेछन् र उनीहरूको उपस्थिति तथा योगदान के कस्तो रह्योे भन्ने कुरा पुस्तकले छर्लङ्ग पारेको छ । सरल प्रस्तुति, कथात्मक एवं सिलसिलेवार भएकाले पुस्तक पठनीय, बोधगम्य र रोमाञ्चक लाग्दछ । बीचबीचमा उदाहरणहरूसमेत समावेश भएको हुँदा लेखकले कुन कालखण्ड र चरणमा के कस्ता सङ्गीतआएका रहेछन् भनेर छुट्याउन पनि सजिलो पारिदिनु भएकोछ ।  वैदिककालका देवी सरस्वती, लक्ष्मी, पार्वतीलाई नै पृष्ठभूमिकालीन स्रष्टा मानेर लेखिएको पुस्तकले रामायण काल, महाभारत काल, गोपालवंशी काल, महषिपालवंशी काल, किरातँकाल, लिच्छवी काल, मल्ल काल हुँदै अहिलेको समय समयमा सबै प्रसंग रोचक र घोचक तरिकाले सबै प्रसंग रोचक र घोचक तरिकाले पुस्तकमा उठान गरिएको    छ ।  


ती काल र समयमा देखापरेका २७ सय ५५ नारीको नाम, काम र कृति उल्लेख छ । १६ सय महिला कलाकारहरूको तस्बिर पनि पुस्तकमा संग्रहित छ । विधागत वर्गीकरण गरेर लेखिएकाले आफ्नो रुचिअनुसारको विषय पठ्न पनि पाठकहरूलाई लेखकद्वारा सजिलो पारिएको   छ ।   सङ्गीतको प्रारम्भिक अवस्थादेखि नै महिलाहरू सङ्गीतकर्ममा सक्रिय थिए । उनीहरूको प्रतिभा र अवस्था बुझन् यो पुस्तक अत्यन्त उपयोगी छ । विभिन्न कालखण्डमा देखापरेका महिलाहरू जो पुरुषभन्दा कुनै पनि मानेमा कमजोर रहेको कुरालाई पुस्तकले उजागर पनि गरिदिएको छ ।
मेलवादेवी, कोइलीदेवी, तारादेवी, चादँनी शाह, अरुणा लामा, मीरा राणा, विमाकुमारी दुरा, विष्णु माझी र अञ्जु पन्त, उन्नति बोहरा शिला कुनै पनि सवालमा पुरुषभन्दा कमजोर नरहेको कुरा लेखकले विश्लेषणात्मक ढंगले पुस्तकमा लेखेका छन् । पुस्तकले नेपाली सङ्गीतले कुनै मोड, परिवर्तन, नल्याएको तीतो कुरा पनि उजागर गरेको छ । सङ्गीतसम्बन्धी रुचि राख्नेहरूका लागि यो पुस्तक अत्यन्त उपयोगी छ । नेपाली सङ्गीतमा क्रियाशील रहदँै आएका महिलाहरूको अध्ययन गरिएको यो एउटा राम्रो ग्रन्थ मान्न सकिन्छ ।