नेपाल  सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको हो ।

सङ्गीत तथा नाट्य विधालाई विश्व समक्ष परिचित गराउने, सङ्गीत तथा नाट्य सम्बन्धी पुस्तकालय, सङग्रहालय, रङ्गमञ्च, नाट्यशाला आदि स्थापना गर्ने, सङ्गीत तथा नाट्य विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रशिक्षण आदि आयोजना तथा सञ्चालन गर्ने तथा नेपालका विभित्र जातजाती तथा समुदायका मौलिक लोकगीत, लोकनृत्य, लोकबाजा, लोकधुन तथा लोक सङ्गीतको अध्ययन, अनुसन्धान, सम्बद्र्धन र संरक्षण गर्नुका साथै समग्र सङ्गीत र नाट्य विधाको उन्नयनका लागि यस प्रज्ञा प्रतिष्ठानको स्थापना भएको हो ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम पहिलो कार्यकालका लागि २०६७ बैशाख १० गते र दोश्रो कार्यकालका लागि २०७१ साल भदौ ४ गते गठन भएको हो भने तेश्रोे कार्यकाल २०७२ भदौ २० गते गठन भएको हो ।  प्रज्ञा–प्रतिष्ठान लोपोन्मुख, लोपोन्मुख दिशातर्फ गइरहेका र वर्तमान अवस्थामा विद्यमान रहेका नेपालका सङ्गीत र नाट्य विधाका विभिन्न पक्षहरुलाई केलाउँदै अनुसन्धानात्मक कार्यहरु समेत गर्दै यी क्षेत्रहरुको विकास र विस्तारका लागि पहल गर्दै आइरहेको छ । सङ्गीत तथा नाट्य क्षेत्रमा रहेका विभिन्न पक्षहरुलाई केलाउँदै यी क्षेत्रहरुलाई जीवन्त राख्नका लागि नेपाल सरकारबाट पहल कदम अगाडी बढाउनु आवश्यक रहेकोले यस प्रतिष्ठानको आवश्यकताका सन्दर्भमा प्रतिष्ठानको स्थापना भएको हो । प्रज्ञा प्रतिष्ठान लोक कला, सिर्जना र श्रष्टाहरुको संरक्षण, हक, अधिकारका निमित्त छुट्टै पहिचान बोकेको छ । प्रतिष्ठान देशमा भएका सम्पूर्ण सङ्गीत तथा नाट्यका माध्यमद्वारा राष्ट्रको गौरवमा यथोचित विकास गर्ने प्रमुख माध्यम हो । कलाकार, प्रतिभा, सर्जक र श्रष्टारुको संंरक्षण, सम्बद्र्धन र सर्बाङ्गीण विकास लगायत यी क्षेत्रहरुलाई शिखरसम्म पु¥याउने काम प्रतिष्ठानले गरीरहेको  छ ।