आज सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा "राष्ट्रिय नृत्य महोत्सव–२०७६" - प्रवेश निःशुल्क

 नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नृत्य विभागद्वारा मिति २०७६ असार १६ गते सोमबारका दीन दिनको १२ः३० बजेदेखि सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा “राष्ट्रिय नृत्य महोत्सव–२०७६” आयोजना हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय धनबहादुर बुढाको प्रमुख आतिथ्यतामा आयोजना हुने महोत्सवमा देशभरबाट छनौट गरिएका विभिन्न ११ वटा नृत्य प्रस्तुत हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । 

नृत्य महोत्सवमा चर्या अष्टमात्रिका नृत्य, सोरठी नृत्य, जटजटिन नृत्य, राउटे नृत्य, साकेला नृत्य, नमसेवल नृत्य, घाटु नृत्य, देउडा नृत्य, कौडा नृत्य, झ्याउरे नृत्य, तामाङ्ग सेलो, टप्पा नृत्य लगायतका नृत्यहरु प्रस्तुत हुनेछन् ।