राष्ट्रिय सङ्गीत महोत्सव–२०७६, धनगढीमा

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज मिति २०७६ असार ६ गतेदेखि ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’ सुरु हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको आयोजना तथा सुप इन्टरटेन्टमेन्ट प्रा.लि., धनगढीको सहआयोजनामा असार ६ र ७ गते आयोजना हुने उक्त महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाका साथै सात वटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने छ । स्थानीय विविध सांस्कृतिक झाँकीसहित आरम्भ हुने महोत्सवको पहिलो दिन साङ्गीतिक प्रस्तुति रहने छ भने दोस्रो दिन आधुनिक नेपाली गीत–सङ्गीतमा सुदूरपश्चिमको योगदान’ विषयमका सङ्गीत विमर्श हुनेछ । सङ्गीत अन्वेषक हेमन्त विवशले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्ने महोत्सवमा १४ वटा राष्ट्रिय तथा सामाजिक भावधाराका गीत प्रस्तुत हुनेछन् ।