लोक सङ्गीत विभाग

लोक सङ्गीत विभागको काम कर्तव्य र अधिकार :—
(क) नेपालभर छरिएर रहेको लोक साङ्गीतिक सम्पदाहरुको अभिलेख राख्ने र तिनको विकासका लागि प्रयत्न गर्ने ।
    (ख) मौलिक नेपालका लोक सङ्गीतको, अध्ययन र अनुसन्धान गर्ने, गराउने ।
    (ग) देशभरका लोक सङ्गीतको क्षेत्रमा क्रियाशिल प्रतिभा र संघसंस्थाहरुको सूचि तयार गर्ने ।
(घ) अन्तर्राष्ट्रिय स्तरमा हुने लोक सङ्गीत सम्बन्धी गतिबिधिहरुमा प्रतिनिधित्व गर्ने, गराउने ।
(ङ) लोक सङ्गीत सम्बन्धी  स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभा तथा संघसंस्थाहरुसँग सम्पर्क, समन्वय र  सहकार्य विस्तार गर्ने ।
(च) नेपालको लोकसङ्गीतका सम्पदाहरुको संरक्षण गर्ने  ।
(छ) जातीय, समुदाय तथा क्षेत्र विशेषमा रहेका लोक साङ्गीतिक सम्पदाको संरक्षण गर्न प्रोत्साहित गर्ने ।
(ज) नेपालको लोकसङ्गीतको विकासका लागि कार्यशाला, गोष्ठी, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने ।
(झ) नेपालको लोकसङ्गीतको विकासमा योगदान पु¥याउने प्रतिभा र तत्सम्बन्धी संस्थाहरुलाई सम्मान र पुरस्कृत गर्ने ।
(ञ) अन्य विभागहरुसँग समन्वय राखि संयुक्तरुपमा कार्य गर्न सकिने हदसम्म सो अनुसार गर्ने ।
(ट) आदिबासी, जनजाति, मधेसी तथा दलित सम्बद्ध समिति गठन गरी कार्य गर्ने गराउने ।