सङ्गीत विभाग

सङ्गीत विभागको काम कर्तव्य र अधिकार ः—
(क) आधुनिक नेपालको सङ्गीतको विकासका लागि प्रयत्न गर्ने ।
(ख)    नेपालको आधुनिक सङ्गीतको उदगम देखि हालसम्मको विकासक्रमको वारे अध्ययन अनुसन्धान गर्ने,   गराउने ।
(ग)    अन्तर्राष्ट्रिय जगतमा देखा परेका आधुनिक सङ्गीतका धारहरुका बारेमा जानकारी लिने र त्यसबारे सर्वसाधारणलाई  सुसूचित गराउने प्रयत्न गर्ने ।
(घ)    आधुनिक नेपालको सङ्गीतलाई अन्तराष्ट्रिय जगतमा स्थापित गराउन तदअनुकुलको योजना तर्जुमा गर्ने र  कार्यान्वयन गर्ने । 
(ङ) आधुनिक नेपालको सङ्गीतको विकास गर्न आवश्यक गोष्ठी, कार्यशाला, प्रशिक्षणहरु र प्रतियोगिता सञ्चालन गर्ने ।
(च) आधुनिक नेपालको सङ्गीतमा लागेका प्रतिभा र संस्थाहरुको सूचि तयार गर्ने ।
(छ) स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्ने ।
(ज)    आधुनिक नेपालको सङ्गीतको विकासमा संलग्न संघ–संस्थाहरुसँग  सहकार्य  गर्ने र तिनलाई प्रोत्साहित गर्ने ।
(झ) आधुनिक नेपालको सङ्गीतका महत्वपुर्ण सिर्जनाहरुको संरक्षण गर्ने तथा अभिलेख राख्ने ।
(ञ) यस क्षेत्रमा संलग्न प्रतिभाहरु स्वदेशी, विदेशी तथा गैरआवाशिय नेपाली प्रतिभाहरुलाई र सेवामुखि संघसंस्थाहरुलाई कदर तथा सम्मान गर्ने । 
(ट) अन्तर्राष्ट्रिय स्तरमा हुने यस सम्बन्धी गतिबिधीहरुमा प्रतिनिधित्व गर्ने, गराउने ।
(ठ) अन्य विभागहरुसँग समन्वय राखि संयुक्तरुपमा कार्य गर्न सकिने हदसम्म सो अनुसार गर्ने ।