हिमानी नाट्य मिमांसा

               भैरबहादुर थापा आत्रेय नेपाली नृत्य एवम् नाच क्षेत्रमा लोकप्रिय नाम हो । आफ्नै नामबाट भैरवनृत्य दल खोलेर नेपाली नाच एवम् नृत्यको विकासमा लाग्नु भएका वरिष्ठ नृत्य विशेषज्ञ थापाले नृत्यसम्बन्धी पुस्तक हिमानी नाट्य मिमांशा पाठक समक्ष ल्याउनु भएको छ । 
               यस अघि थापाले नेपाली नृत्य र शारिरीक प्रवेशिका २००२, ढोग कविता संग्रह २०३० हिड्दा हिड्दै बनेका तस्बिर २०६५, समर्पण २०६७ प्रकाशित भइसकेका छन् । विगतका पुस्तक जस्तै हिमानी नाट्य मिमांशा त्यत्तिकै अनुसन्धानमूलक र खोजप्रधान रहेको छ । पुस्तकमा ज्ञानगोचर खण्ड र प्रयोगात्मक खण्ड गरी दुइ खण्ड रहेको छ । नृत्य विज्ञ थापाले यो पुस्तक मार्फत विभिन्न नृत्य सिक्ने सैद्धान्तिक र व्यावरिक गरी दुवै ज्ञान दिनु भएको छ । 
               पुस्तकलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । २५४ पृष्ठको यो पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । नृत्यमा रुची राख्ने र नेपालका विभिन्न शास्त्रीय लोक तथा विविध नृत्य सिक्न चाहनेहरुलाई पुस्तकले मद्दत पु¥याउनेछ ।