असाेज २ गते ''सारङ्गीमा देश''

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद् अवसरमा सांस्कृतिक प्रबद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्यटन प्रबद्र्धनका लागि नेपालका मौलिक धुनहरु प्रस्तुति गरिने कार्यक्रम “सारङ्गीमा देश” मिति २०७६ असोज २ गते साँझ ५ बजे सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिन लागेको छ । 

संविधान दिवस तथा राष्ट्रिय दिवस – २०७६ को सुखद् अवसरमा प्रस्तुत वाद्यवृन्द  “सारङ्गीमा देश” मा कलाकारहरूकाे समुहले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धुनहरुको विशेष प्रस्तुति रहने  छ । 

 

प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमाेटले कार्यक्रममा संगीत, नाटक तथा नृत्य क्षेत्र लगायत  साहित्य-कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरुकाे उपस्थिति रहने जानकारी दिनुभयाे । कार्यक्रम सांस्कृतिक संस्थान, जमलसँगको सहकार्यमा आयोजना गर्न लागिएको हो ।