प्रज्ञा प्रतिष्ठानले मनायो ८३ औं अम्बर जन्म जयन्ती

फागुन १४ गते, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति एवं नेपाली राष्ट्रगानका संगीतकार स्व. अम्बर गुरुङको ‘८३ औँ जन्म जयन्ती’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भाटभटेनीस्थित आफ्नै कार्यलय प्रांगणमा मनाएको छ । 
नौलाखा तारा उदाए...., सुगौली सन्धी, रातो र चन्द्र सूर्य जस्ता... गीतमा संगीत प्रदान गर्नुभएका संगीतज्ञ अम्बर गुरुङको जन्म दिन पारेर आयोजना गरिएको कार्यक्रमको सभाध्यक्षका रुपमा प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रहनु भएको थियो । 


कार्यक्रममा आफ्नो मन्तव्य दिनुहुँदै संगीतकार किशोर  गुरुङले आफ्ना पिता अम्बर गुरुङका पुर्खौली पृष्टभूमि र राष्ट्रगानको संगीतका बारेमा चर्चा गर्नुभयो । 
मन्तव्यकै क्रममा नारायण गोपाल संगीत कोषका निर्देशक रामकुमार श्रेष्ठले अम्बर गुरुङसँगको सानिध्यको स्मरण गर्दै संगीतलाई संगीतको रुपमा मात्रै नबुझी जीवनसँग जोडेर हे¥यो भने बल्ल संगीतले सार्थकता पाउने कुरा उहाँबाट नै ज्ञान भएको बताउनु भयो ।   
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आफ्नो मन्तव्य राख्ने क्रममा बोल्दै, ‘‘संगीतका माध्यमबाट यदि कसैले रुवाएका छन् भने ति अम्बर गुरुङ र धर्मराज थापा हुन्’’ भन्नुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति र राष्ट्रगानका संगीतकार मात्रले उहाँको परिचय पूर्ण नहुने बताउनु भयो । 
यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले संगीतकार गुरुङका गीतसंगीतमा मानिसका मनोभाव र उद्वेगलाई व्यापकताका साथ समेटिएको बताउनु भयो । नेपाली संगीतको राजमार्ग फराकिलो पार्ने, महलदेखि झुपडीसम्मका पिडा वेदनालाई समेट्न सक्ने, अत्यन्तै सरल र स्वाभिमानी व्यक्तित्वमा गुरुङलाई चित्रित गर्नुभयो । 
कार्यक्रमलाई समापन गर्ने क्रममा कुलपति नारायणभक्त श्रेष्ठ रायनले संगीतज्ञ गुरुङले नेपाली संगीतको पाटोमा नयाँ मोड सिर्जना गरेर नेपाली संगीतको आकाशलाई थप उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनु भयो । 

प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले सहजिकरण गर्नु भएको कार्यक्रममा गायक संजय तुम्रुक र गायिका दुर्गा परियारले गुरुङद्वारा संगीतवद्ध नौलाख तारा उदाए.... र रातो र चन्द्र सूर्य .....गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सदस्य सचिव, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरु, संगीतकार प्रकाश गुरुङ, शिला बहादुर मोक्तान,  साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, जन साँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, प्राज्ञ माधव प्रधान, प्राज्ञ पुष्कर बहादुर गुरुङ, गीतकार संघकी सचिव सुसिला पौडेल लगायतका संगीतकर्मी, पत्रकार, कर्मचारी हरुको उपस्थिति रहेको थियो ।