१२ दिने कार्यशालापछि तयार पारेको नाटक 'हाफ क्यावी' मञ्चन

माघ २ गते, काठमाडौं ।  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पौष २० गते देखि आयोजना गरेको नाट्य प्राविधिक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा प्रशिक्षण लिएका विभिन्न जिल्लाका २४ प्रशिक्षार्थीहरुले तयार पारेको नाटक हाफ क्यावी विहिबार मण्डला थियटरमा मञ्चन गरिएपछि कार्यशालाको औपचारिक रुपमा समापन भएको थियो । कथाकार राजबको कथामा आधारित कथालाई निर्देशक सुनिल पोखरेलको निर्देशनमा मञ्चमा मञ्चन गरिएको थियो ।

नाटकमा समाजमा रहेका वर्गीय बिभेदलाई मनोवैज्ञानिक शैलीमा यथार्थपरक ढंगले प्रस्तुत गरिएको। मानबहादुर आफ्नी सुत्केरी श्रीमतीको स्याहार गर्न कार्यालयबाट हाफ छुट्टी ुहाफ क्या बीु लिन चिठ्ठी तयार गरी स्विकृतिका लागि हाकिम कहाँ लान्छन् । तर कार्यालयका हाकिमले उनलाई विभिन्न बाहानामा अल्झाउने काम गर्छन । अन्तिममा उनको बिदा स्वीकृत हुँदा साँझ ५ बजिसकेको हुन्छ । यसरी उसलाई दोहोरो घाटा हुन्छ( एकतिर बिदा काटिन्छ भने अर्को  उनले स्वीकृत भएको बिदा उपयोग गर्न पाउँदैन ।  नाटकमा माथिल्लो ओहोदाका कर्मचारीले तल्लो तहका कर्मचारी प्रति गर्ने अनुचित व्यवहार यस नाटकको मुख्य विषय वस्तु रहेको थियो ।
नाटक हेरिसकेपछि १२ दिने कार्यशालाले विभिन्न जिल्लाबाट आएका रङ्गकर्मीहरुमा प्राविधिक सिपको विकास भएको कुलपति रायनले बताउनु भयो ।

राजधानी बाहिर  नाटकलाई कसरी विस्तार गर्ने, नाटकमा हुने रंगमञ्चका दृश्यदेखि प्राविधिक पक्षलाई कसरी अन्य ठाउँमा लैजाने भन्ने समस्यालाई हल गर्ने उदेश्यले नेपाल राष्ट्रिय संगीत तथा नाट्य प्रतिष्ठानले रंगकर्मीहरुको लागी यस्तो कार्यशाला आयोजना गरेको नाट्य विभाग प्रमुख निशा शर्मा बताउनुभयो ।
 
नाटकमा रामलोचन चौरासिया, चाँदनी शाह, देवराज जोशी, प्रकाश लामिछाने, श्रीचन्द्र चौरसिया, गणेश पौडेल, सागर बिश्वास, भरत कार्की, संजित राई र सूरज तमु लगाएतका कलाकारहरुको अभिनय रहेको छ । रंगकर्मी राजन खतिवडाले सेट डिजाइन, मिलन नेपालीले लाइट, न्यु बज्राचार्य र देव न्यौपानेले संगीत र आवाजको नाटकमा रंगकर्मीहरुलाई प्रशिक्षण दिनुभएको हो  ।

नाटक समापनमा रायन, हरिहर शर्मा, सुनील पोखरेल, निशा शर्मा, श्याम तमोटलगायत नाट्यहस्तीहरूको उपस्थिति थियो