नेपाली मौलिक बाजाहरुको साङ्गीतिक प्रस्तुति हाम्रो बाजाः हाम्रै धुन सम्पन्न

 पौष २७ गते, काठमाडौं । २९८ औँ पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२०को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पौष २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रक्षालयमा ‘हाम्रो बाजाः हाम्रै धुन’ वाद्यवृन्द प्रस्तुत गरेको छ । 
माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सम्मन्न भएको सो कार्यक्रममा नेपाली १६ वटा मौलिक धुनहरु प्रस्तुत गरिएका थिए । १७ जना सारङ्गी वादक तथा अन्य वाद्यवादक र कोरससमेत गरी करिब ४० जना कलाकारहरुले नेपालमा प्रचलित मौलिक धुनहरुलाई सारङ्गीमा रेटेर मञ्चमा प्रस्तुत गरेका थिए । 
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिले स्वागत मन्तव्य दिने क्रममा नेपाली लोक बाजाहरुको संरक्षणका लागि प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको बताउनु भयो । प्रतिष्ठानले सम्पन्न गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिंदै आगामी दिनमा प्रतिष्ठानले आयोजना गर्न लागेको कार्यक्रमबारे संक्षेपमा जानकारी गराउनु भयो । 
स्वागत मन्तव्य पश्चात नेपाली विभिन्न भेषभूषामा सजिएका कलाकारहरुले मंगल धुन बजाई कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस लगतै, नेपाली हामी रहौँला कहा..., सोरठी, असारे भाका, मैथिली भाका,  कौडा भाका, सिरसया हेकुभाका, संगिनी धुन, पंचेबाजामा पूर्वेली लोक भाका, टुङ्गनामा हेल्मो लोक भाकाका धुन क्रमैसँग प्रस्तुत गरेका थिए । त्यस पश्चात धिमाल , साकेला , म्हेन्दोमाया , थकाली र देउडा धुनलाई मिश्रण गरी उत्कृष्ट प्रस्तुति दिंदा दर्शकहरु पनि धुनसँग नै मस्त देखिन्थे । 

संस्कृति मन्त्री योगेश भट्टराईले शुभकामना मनतव्य व्यक्त गर्नुहुँदै उहाँले नेपाली मौलिक लोक बाजाहरुका माध्यमबाट विविधताले भरिपूर्ण नेपाललाई एकतावद्ध गर्न सघाउने बताउनु भयो । पृथ्वी जयन्ती कै अवसरमा कार्यक्रम आयोजना गर्नाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विविधता युक्त आधुनिक नेपाल निर्माण गर्न पु¥याउनु भएको योगदानको पनि कदर भएको बताउनु भयो । सानासाना बाईुसे तथा चौविसे राज्यहरुलाई एकिकरण गर्दै विदेशी विस्तारबादसँग पैँठेजोरी खेल्दै पूर्वमा मेची तथा पश्चिममा महाकाली सिमा कायम गर्न पृथ्विीनारायण शाह र त्यस पश्चातका राजाहरुले  खेलेको भूमिका अतुलनिय रहेको बताउनुहुँदै लोपोन्मुख बाजाहरुलाई संरक्षण र संवद्र्धन गर्दै विदेशी पर्यटकहरु समक्ष प्रस्तुत गरी बाजाहरुको माध्यमबाट विविधतामा एकताको सन्देश दिनु पर्ने  बताउनु भयो । 


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले कार्यक्रम बारे प्रकाश पार्नुहुँदै लोप हुने अवस्थामा रेहेको नेपाली मौलिक वाजा सारङ्गीको प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । 
प्राज्ञ परिषद् सदस्य एवम् कार्यक्रमका संयोजक अशोक कमार राईको संयोजनमा सम्पन्न कार्यक्रममा भरत नेपाली, धर्म गन्धर्व, अरुणा गन्धर्व, सन्तोष पाठक, सञ्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, डेनियल व्रिmष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, खुम के।सी, किम राई, सबिन लिम्बू, विकल खड्का, तुलसी प्रसाद नेपाल, प्रो। चिकारा मेइदा ९जापानी नागरिक० आदि कलाकारहरु सारङ्गी वादकका रुपमा थिए भने बाँसुरीमा रत्न वि।क।, सनाईमा धन बहादुर गुरुङ, ताल वादनमा जीवन राई, अनिल थापा, पोषण घर्ती र राम मगराती थिए । कोरस गायनको भूमिकामा कला राई, दुर्गा परियार, सीता सिङ्घक, मुन्ना गुरुङ,   गङ्गा राई, सञ्जय तुम्रोक, सुशन साम्सोहाङ थिए । टुङ्ना समूहमा पासाङवाङ्जु शेर्पा हेल्मो, मिङमर लामा, सन्दुप लामा, छिरिङ्ग दोर्जे शेर्पा, खावा लामा हेल्मो, पेमा लामा हेल्मो तथा निमा ल्हामु शेर्पा हेल्मो थिए भने मुर्चुङ्गा, पात, चरी बाजा तथा विनायोको वादकको भूमिकामा हिरन राई थिए ।


विशेष प्रस्तुतिका रुपमा महिला नौमती बाजा समूहका कलाकारहरुले नौमती बाजाको प्रस्तुति दिएको कार्यक्रममा पूर्व मन्त्री, राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सदस्यहरु, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका  पदाधिकारीहरु, नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाल ललितकलाका कुलपति, उपकुलपति, पूर्व प्राज्ञ परिषद् सदस्यहरु, पूर्व प्राज्ञ सभा सदस्यहरु, संस्कृति मन्त्रालयका सचिव, सहसचिव, साङ्गीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, साहित्यिक तथा कला साधकहरु तथा सङ्गीत प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिति रेहेको थियो । कार्यक्रमलाई भावना केसीले सञ्चालन गर्नु भएको थियो ।