हाम्रो बाजाः हाम्रै धून (वाद्यबृन्द) प्रस्तुत गर्दै प्रतिष्ठान

२९८ औँ पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पौष २७ गते हाम्रो बाजाः हाम्रै धून (वाद्यबृन्द) प्रस्तुत गर्दै छ । 
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूको प्रमुख आतिथ्यतामा आयोजना हुने नेपाली बाजाहरुको साँस्कृतिक एवम् मौलिक धुनहरुको प्रस्तुति  हाम्रो बाजाः हाम्रै धुन कार्यक्रममा मङ्गल धुन, सोरठी धुन, पालाम धुन, असारे धुन, मैथिली धुन, क्या राम्रो ईन्द्रेणी, कौडा धुन, सिंसया हेकु (नेवारी लोक भाका), सङ्गिनी धुन, वा माया वा, मालश्री धुन, धिमाल, साकेला, मेन्दोमाया, थकाली, देउडा गरी १६ वटा नेपाली मौलिक धुनहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवम् संगीत विभाग प्रमुख प्राज्ञ अशोक राईले बताउनु भयो । 

मितिः २०७६साल पौष २७ गते, आईतबार
समयः दिउँसो २ बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय, कमलादी, काठमाडौं