अमूर्त सम्पदा दिवस (ICH Day) मा विभिन्न जातजातिका झाँकी


असोज ३०, काठमाडौं । अमूर्त सम्पदा दिवसको अवसर पारेर अमूर्त सम्पदाहरुकाे महत्वका बारेमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहिबार विहान विभिन्न जातजातिका संस्कृति झल्कने झाँकीको आयोजना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा. योगेश भट्टराईज्यूको समोपस्थतिमा मन्त्रालयका कर्मचारी लगायत मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुका पदाधिकारी, कर्मचारीहरुको उपस्थितिमा झाँकी सहितको ¥याली पर्यटन बोर्डबाट सुरु भई भद्राकाली, सहिदगेट, वीर अस्पताल हुँदै राष्ट्रिय साँस्कृतिक संस्थानमा समापन भएको थियो ।
मैथिली, नेवार, सुनुवार, शेर्पा, तामाङ जातजातिलाई प्रतिनिधित्व गरेर आ–आफ्नो संस्कृति झल्कने मौलिक भेषभूषा र वाजागाजा सहितको झाँकी प्रदर्शनीमार्ग देखि जमल स्थित नाचघरसम्म चलेको थियो । पञ्चे वाजाका धूनले सडक किनारामा रहेको जनतामा समेत उर्जा थपेको प्रष्टै देख्न सकिन्थ्यो ।
¥याली समापन संगै नाचघर जमलमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने धून र नृत्यहरु सो कार्यक्रममा प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), सदस्य सचिव श्याम प्रकाश तमोट, प्राज्ञ परिषद् सदस्यहरु मेघराज शर्मा मञ्जुल, नमूना शर्मा, निशा शर्मा, धीरेन्द्र प्रेमर्षि लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।