लोपोन्मुख झुमरा वा धुमरा नृत्य सम्बन्धी अनुसन्धानात्मक वृत्तचित्र

नेपाली मौलिक गीत संगीत नृत्य तथा नाट्य क्षेत्रलाई प्रवद्र्धन, संरक्षण, विकासका लागि स्थापना  भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ले आफ्नो अग्रसरतामा प्राज्ञ राम धामीद्वारा थारु जातिको लोपोन्मुख झुमरा वा धुमरा नृत्य बारे अनुसन्धान गरी  निमार्ण गरिएको वृत्तचित्र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको युबट्युब  च्यानल मार्फत सार्वजनिक गरिएको छ । 


छोरी मान्छेद्वारा सो नाच नाच्न नहुने, केटा मान्छे नै नाक छेडेर नाच्नु पर्ने भएको तथा नयाँ युवा पुस्ताले नाक छेडेर नटुवा बनेर नाच्न नचाहाने भएको कारणले यो नाच संकटमा परेको कुरा नाचका अनुसन्धानकर्ता धामी बताउनु हुन्छ ।

भिडियो हेर्न तलको लिंकमा थिच्नुहोला  वा युब्ट्युबमा गई Nepal Academy of Music and Drama युब्ट्युब च्यानल वा  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको वेबसाइट www.namuda.org.npमा  पनि हेर्न सक्नुहुनेछ । भिडियो हेरेर सेयर तथा सब्र्सक्राइब समेत गर्नुहोला ।
https://www.youtube.com/watch?v=HFIgkxv0KWU