राष्ट्रिय संगीत तथा नृत्य महोत्सव जेठ २२ गतेबाट

नेपाल संगीत तथा नाट्य प्रत्रा प्रतिष्ठानको आयोजनामा सोमबारबाट हेटौंडामा राष्ट्रिय संगीत तथा नृत्य महोत्सव हुँदै छ ।
    २४ जेठसम्म सञ्चालन हुने महोत्सवमा देशभरका कलाकारको जमघट रहनेछ । देशभरका सबै भाषा, साहित्यका कलाकारले गर्न लागेको कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको पल्परा हलमा सयभन्दा बढी कलाकाराके सहभागिता रहने छ । कार्यक्रम सुरु हुनु अघि हेटौंडाको सीमाचोकाबाट ¥याली सुरु भएर नगर परिक्रमा गरी पल्पसाहलमा सभामा परिणत हुनेछ । कार्यक्रममा मंगलबार संगीत सम्बन्भी अन्तक्रिर्या र शास्त्रीय सांगीतिक प्रस्तुति हुनेछ ।
    जेठ २४ मा मकवानपुरका कलाकारको विविध सांस्कृतिक प्रस्तति रहनेछ । विभिन्न जिल्लाबाट सहभागी हुने कलाकारले छेपाङ, गसरुङ, तामाङ, नेपाल भाषाका प्रस्तुत दिनेछन् ।