नौ नाटक मञ्चनसहित महोत्सव समापन

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा इलामको बुद्ध हलमा २२ असारबाट २५ असारसम्म आयोजित तथा स्थानिय संध संस्था को व्यवस्थापनमा ‘राष्ट्रिय नाटक महोत्सव-२०७४’ मा देशभरिका उत्कृष्ट नौ नाटकहरु समावेश गरिएका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले आफ्नो नाटकको संम्वाद बोलेर नाटक महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
नाटक महोत्सवको पहिलो दिनको विहानी सत्रमा चेतना नाट्य समूहको प्रस्तुति ‘एउटा यस्तो पार्टी’ र संध्याकालिन प्रस्तुतिस्वरुप कदम थिएटरको ‘मरिचेको चुप्पी’ रहेको थियो । एउटा यस्तो पार्टीले सूर्तीशून्यवाद को कथालाई मूलरुपमा उठान गरेको देखिन्छ । रिसको झोकमा चलाएको चुप्पीका कारण निम्तिएको परिणमको वरिपरि नाटक ‘मरिचेको चुप्पी’को कथा सल्बलाएको पाइन्छ ।

नाटक महोत्सवको देस्रो दिन क्षितिज नाट्य समूहको प्रस्तुति ‘इजलासको फैसला’ प्रतुत भएकाको थियो । जसमा बेचिएकी नेपाली महिलाको पीडा र कैलाली घटनामा मारिएका प्रहरीको कथा पनि जोडिएको छ । नेपालीले नेपाली माटोमा मात्र होइन स्वर्गै पुग्दा पनि न्याय खोजिरहेका छन् भन्ने सन्देश इजलासको फैसलाले दिएको छ ।

नाटक महोत्सको तेस्रो दिन चुलाचुली रंगमञ्चले खाल्डो नाटक प्रस्तुत गरेको थियो। बाल मानोविज्ञानमा आधारित रहेर उक्त प्रस्तुति मञ्चन भएको थियो ।
नौलो साहित्यिक बिहानी प्रतिष्ठानले उज्यालो पाइला नाटक प्रस्तुत गरेको थियो, जसले मूलत माओवादी द्वन्दकालिन कथाको चित्रण गरेको थियो । त्यसै दिन परवर्तन थिएटरले किसान समुदायमा आधारित रहेर सुकुन्बासी राजा नाटक प्रस्तुत गरेको थियो, किसान समुदाय कसरी जमिनदारबाट सुकुम्बासी बन्न पुगे भन्न्े विषय नाटकले बोकेको छ ।

महोत्सवको चौथो दिन पनि विभिन्न नाट्य समूहले ३ वटा नाटक प्रस्तुत गरेका थिए । पहिलो प्रस्तति स्वरुप झोराहट नाट्य समूहको ‘पर्खाल’ नाटक प्रस्तुत भएको थियो । जसले पारिवारिक कलहलाई वास्विक रुपमा उठान गरेको थियो । त्यस्तै अर्को प्रस्तुति स्वरुप तरङ्ग सांस्कृतिक मञ्च को नाटक ‘फू…फू..फू…’ प्रस्तुत भएको थियो , जसले समाजमा विदमान रहेको झारफुकको विषय वस्तुलाई अत्यन्त रोचक ढङ्गले प्रस्तु गरिएको थियो । यस्तै महोत्सवको अन्तिम प्रस्तुतिको रुपमा आरोहण गुरुकुल को लखन पटवारी नाटक मञ्चन गरिएको थियो । यो नाटकले हाम्रो लोक कथामा आधारित रहेर जिउँदौ मान्छेलाई यमलोकमा पु¥याएपछि त्यसको परिणम के हुन्छ भन्ने विषयमा केन्द्रित छ ।

यस्तो महोत्सव इलाममा पहिलो पटक आयोजना भएता पनि दर्शकको नाटक प्रतिको मोह भने हेर्न लाइककै थियो ।
दर्शको उत्साहपूर्ण उपस्थितिले आगामी दिनमा कार्यक्रम गर्न थप हौसला प्रदान गरेको जानकारी प्रतिष्ठानका नाट्य विभागका प्रमुख रमेश रञ्जन झाले दिए ।

जिल्लामा नाटकको वातावरण बनाउन र नाटकको विकासका लागि प्रतिष्ठानले अघिल्लो वर्षदेखि राजधानी बाहिर महोत्सव गर्न थालेको बताउँदै प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले भने, ‘नाटक महोत्सवलाई राजधानीबाट बाहिर लैजान पर्छ भनेर गत साल दोलखा र यस पटक हामीले इलाममा आयोजना गरेका हौं । महोत्सवमा दर्शकको उपस्थित उत्साहजनक रह्यो र यहाँ महोत्सव सोचेभन्दा भव्य भयो ।’

महोत्सवको संचालन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलका प्राज्ञ सभा सदस्य खेम नेपालीले गर्नुभएको थियो । । महोत्सवमा सहभागी नाटकमा दर्शकको उल्लेख्य उपस्थिति थियो । उत्कृष्ट नौवटा नाटक मञ्चन गर्दै यो वर्षको राष्ट्रिय नाटक महोत्सव सोमबारबाट सकिएको छ ।