२०४ औं भानु जन्मजयन्तीको अवसरमा सांङ्गीतिक सद्भाव कार्यक्रम

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहीबार काठमाडौंमा आदिकवि भानुभक्तको २०४ औं जन्मजयन्तीको अवसरमा उनको सम्झना गर्दै सांगीतिक सद्भाव कार्यक्रम ग¥यो ।

सो क्रममा अग्रजदेखि नयाँ पुस्तासम्मका गायक गायिकाले आधुनिक नेपाली गीतसंगीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याए । गायक रामहरी कपालीले बंगलामुखीको भजन गाएर सो सद्भाव सांगीतिक कार्यक्रमको सुरु गरेका थिए । यसपछि अग्रज गायिका शकुन्तला प्रधानले शास्त्रीय राग प्रस्तुत गरेर कार्यक्रमलाई रागमय तुल्याइन् । कार्यक्रममा मनोहर सुनामले स्याक्सोफोनका धुन सुनाए ।

८२ वर्षीय अग्रज गायक जगतमर्दन थापाले युवा अवस्थामा रेकर्ड गराएको गीत आशाको दीयो बालेर‘जोशिलो भावमा गाएर दर्शकको मन जिते । यस्तै अग्रज गायक गुरुदेव कामतले आँसु भयो मेरो गीत‘सुनाए । समकालीन पुस्ताबाट कार्यक्रममा गायिका प्राश्ना शाक्यले डाँडाकाँडा ढकमक ढाक्यो‘, टीका प्रसाईंले मलाई उजाड बनाएर‘, जुना प्रसाईंले तिमीलाई माया गर्ने भुल भयो‘, गीत सुनाएका थिए ।


गायक विश्व नेपालीले यो लामो जीवन‘सहित दुई गीत सुनाएर कार्यक्रमकोे रौनकता बढाए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले भानुभक्तको सम्झनमा सो सांगीतिक सद्भाव कार्यक्रम आयोजना गरिएको बताए ।

भानुभक्तले देखाएको नेपाली साहित्य तथा गीतसंगीतको मार्गले आज नेपाली गीतसंगीत तथा साहित्य यो अवस्थासम्म आइपुगेको उपकुलपति बाँस्कोटाले जिकिर गरे ।

सो कार्यक्रमकी संयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी संगीत विभाग प्रमुख उन्नति बोहरा शिलाले नेपाली साहित्य तथा लोक संगीतमा आदिकवि भानुभक्तको योगदानबारे चर्चा गरिन् ।उनले सो प्रतिष्ठानको संगीत विभागले वर्षभरी आयोजना गरेका विभिन्न कार्यक्रमबारे पनि प्रकाश पारिन् ।