द्विपक्षीय भेटघाट एवं साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं प्रसीद्ध सङ्गीतकार श्री शम्भूजीत बासकोटा को नेतृत्वमा २४ जूनमा द्विपक्षिय भेटघाट एवं साँस्कृतिक कार्यक्रमको लागि प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डल नँयादिल्लीतर्फ प्रस्थान गरेको थियो । सो प्रतिनिधि मण्डलमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्री माधवप्रधान, श्री रमेश रञ्जन झा, श्री उदयश्रेष्ठ र कलाकारहरु रहेका थिए । सो कार्यक्रम जून २५ देखि ३० सम्म भारतको राजधानी नँयादिल्लीमा सम्पन्नभएको थियो । साथै उक्त प्रतिनिधि मण्डल राजस्थानको प्रमुखशहर जयपुरमा अवस्थित महाराजा सर्वाई मानसिंह सङ्गीत महाविद्यालयमा द्धीपक्षीय भेटघाट एवं छलफलमा पनि सरिक भएको थियो ।उक्त भ्रमण एवं सास्कृतिक कार्यक्रम नेपालका तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा ओलीको भारत भ्रमणका बेलामा नेपालको सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र भारतको सङ्गीत तथा नाट्य अकादेमी नयाँदिल्लीका विच भएको Mou बमोजिम हुन गएको थियो ।

२५ जूनमा भारतको नँयादिल्लीमा अवस्थीत ह्यात रिजेन्सीमा नेपाली राजदुतावासको सहकार्यमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रज्ञा प््रतिष्ठानको टोलीका साथमा गएका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिएकाथिए । उक्त अवसरमा भारतका लागि नेपाली राजदुत महामहिम दीपकुमार उपाध्यायले यस्ता द्धिपक्षीय भेटघाट एवं सास्कृतिक कार्यक्रमले दुई देशका बिचको मित्रतालाई अझै प्रगाढ बनाउदै लैजाने र आउदा दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जानुपर्ने कुरामा जोड दिनुभयो । साथै प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीतबासकोटाले यस्ता साँस्कृतिक कार्यक्रमले दुई देश विचको साँस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो । उहाले नेपाली सङ्गीत बिश्वब्यापी रुपमा अगाडी बढदै गइरहेको कुरा पनि राख्नुभयो । उक्त कार्यक्रममा नेपालका लागि भारतका पूर्व राजदुत के.वि राजन, रञ्जित राय, बिभिन्न देशका राजदुतहरु, उच्चपदस्थ अधिकारीहरु एवं भारतका सङ्गीत क्षेत्रसँग आवद्व विशिष्ट व्यक्तित्वहरु एवं नेपाली राजदुतावासका उच्चपदस्थअधिकारीहरुको उपस्थिति रहेको थियो । नेपालीकलाकाहरुको प्रस्तुतिले कार्यक्रमलाई सङ्गीतमय बनाएको थियो । साथै नेपाली गायकगायीकाहरुले पनि आ–आफ्नो प्रस्तुतिदिएकाथिए ।

२६ जूनमा प्रज्ञा प्रतिष्ठानको टोली नेपालको सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठान र भारतको सङ्गीत तथा नाट्य अकादेमी नयाँदिल्लीका विचभएको ःइग्बमोजिम द्विपक्षिय भेटघाटका लागि प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डल भारतको सङ्गीत तथा नाट्य अकादेमी नयाँदिल्ली पुगेको थियो । उक्त अकादेमीका अध्यक्ष शेखर सेन सहितको टोलीले प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डललाई भव्यताका साथ स्वागत गरेको थियो । उक्तद्विपक्षिय भेटघाट एवं छलफलमा दुई देशकाविचमा साँस्कृतिक आदानप्रदानका विषयमा जोड दिइएको थियो । साथै प्रज्ञा प्रतिष्ठानको तर्फबाट उपकुलपतिज्यूले उक्त अकादेमिका अध्यक्ष एवं सदस्यहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभएको थियो साथै निकट भविष्यमा दुई पक्षबिच नेपालको काठमाडौं र पोखरामा र भारतको कुनै एक शहरमा साङ्गीतिक महोत्सवगर्ने तय भएको छ । सो अवशरमा उक्त अकादेमीले नेपाली विद्यार्थीहरुलाई भारतको राष्ट्रिय नाट्य विद्यालयमा छात्रवृत्ति प्रदानगर्ने विषयमापनि छलफल भएको थियो । नेपाली भ्रमण टोलीले उक्त अकादेमिमा रहेका विभिन्न परम्परागतबाजाहरुको अवलोकन गरेको थियो । साथै नेपाली कलाकारहरुले उक्त भेटघाट एवं छलफलमा आफनो छोटो कला प्रस्तुत गरेकाथिए ।

२७जूनमा प्रज्ञा प्रतिष्ठानको टोलीभारतको राजस्थानको जयपुर भन्ने शहरमा रहेको महाराजा सर्वाई मानसिंह सङ्गीत महाविद्यालयमाहुने द्विपक्षिय भेटघाट एवं छलफलका लागि त्यस स्थानतर्फ प्रस्थान गरेको थियो । उक्त सङ्गीत महाविद्यालयमा भएको भेटघाट एवं छलफल कार्यक्रममा महाविद्यालयका प्रतिनिधिहरुले उक्त सङ्गीत महाविद्यालय भारतको भातखण्डसङ्गीतमहाविद्यालयसँग आवद्धभई सञ्चालनमा आएको र ः.म्यूज. सम्म अध्यन हुने जानकारी दिएको थियो । उक्त भेटघाटमा नेपालका विद्यार्थीहरुलाई सङ्गीत अध्ययनकालागि के कस्तो छात्रवृीत्र प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । दुई दिन त्यहाँका विभिन्न साँस्कृतिक एवं कलात्मक स्थानहरुको समेत भ्रमण प्रज्ञा प्रतिष्ठानको टोलीले गरेको थियो ।

त्यसैगरी ३० जूनमा नयाँदिल्ली स्थीत राष्ट्रिय नाट्य विद्यालयको अवलोकन प्रज्ञा प्रतिष्ठानको टोलीले गरेको थियो । सो अवसरमा प्रज्ञा प्रतिष्ठानले आफ्ना क्रियाकलापहरुबारे जानकारी प्रदान गरेको थियो भने विद्यालयका प्रतिनिधिहरुले आफुले सञ्चालन गर्दै आइरहेका गतिबिधिहरु साथै भबिष्यमा प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर अगाडी बढन चाहेको बताउनु भएको थियो । यसरी प्रज्ञा प्रतिष्ठानको टोली आफ्नो द्विपक्षिय भेटघाट एवं साँस्कृतिक कार्यक्रम सम्पन्नगरी जूलाई १ मा स्वदेश फिर्ता भएको थियो ।