संगीत नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघको घोषणा सभा सम्पन्न

१९ गते विहिबारका दिन आयोजित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी घोषण सभाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघको अध्यक्षमा हिरालीबन्धु भुजेल लाई चयन गरेको छ । सो प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) को प्रमुख आतिथ्यमा बिहीबार प्रतिष्ठानमा सम्पन्न कर्मचारीको भेलाले हिलारीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा शिवराज थापा, गोविन्द बुढा, सचिवमा जगदीश सापकोटा, सहसचिवमा अम्बिका सुवेदी, कोषाध्यक्षमा सन्तोष पोखरेल र सदस्यहरूमा अम्बिका थापा, देवीकुमारी पराजुली, नमिता झा, नेत्रबहादुर भुजेल, मेनुका गौतम ढकाल, सार्थक महरा र सुरेशकुमार राउत चयन भएका छन् । यस्तै संघको सल्लाहकारमा प्रदीप गुरागाईं, दीपक बोहरा, प्रविन सापकोटा र ध्रुब वाग्लेलाई चयन गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नयाँ कार्यसमितिलाई बधाई दिँदै सो प्रतिष्ठानमार्फत संगीत नाट्यको विकासमा संघका पदाधिकारीको महŒवपूर्ण योगदान रहने विश्वास व्यक्त गरे । यस्तै उपकुलपति शम्भुजित बाँस्कोटाले पनि प्रतिष्ठानका कर्मचारी संगठित भएकोमा नयाँ कार्यसमितिलाई बधाई दिँदै कार्य सफलताको कामना व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्यहरू उन्नती बोहरा ‘शीला’, माधव प्रधान, पवित्रा घर्ती मगर, पुष्करबहादुर गुरुङलगायतले नयाँ कार्यसमितिलाई बधाई दिँदै परिषद् र कर्मचारीबीचको सम्बन्ध आउँदा दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।