तेस्रो अन्तर्राष्ट्रिय रामायण महोत्सवमा नेपालको प्रस्तुति

भारतीय सांस्कृतिक सम्बंध परिषद्को निमन्त्रणमा तेस्रो अन्तर्राष्ट्रिय रामायण महोत्सव कार्यक्रममा सहभागिता जनाउन नेपालको तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य माधव कुमार प्रधानको नेतृत्वमा, प्राज्ञ परिषद् सदस्य उदय चन्द्र श्रेष्ठ र प्राज्ञ परिषद् सदस्य पवित्रा घर्ती, सभा सदस्यद्वय नारायणी देवी प्रधान तथा कृष्णभक्तमर्हन, कर्मचारी ध्रुब वाग्ले कलाकारहरु हरिभक्त महर्जन, राधेश्याम प्रधान, सुरसा श्रेष्ठ, सूर्या कार्की, राममाया महर्जन र सन्तोष श्रेष्ठ गरी १२ सदसिय टोली २०७४/५/२७ गते तद्अनुसार २०१७ सेप्टेम्बर १२ मा नयाँ दिल्ली प्रस्थान गरेको थियो । कार्यक्रममा नेपाल लगायत भारत, इन्डोनेसिया, मलेसिया, मौरसिस र श्रीलंकाका नाट्य संस्थाहरुको सहभागिता रहेको थियो ।

२०७४/५/२८ गते (सेप्टेम्बर १३) मा नयाँ दिल्लीस्थित कामिनी अडिटोरियममा पहिलो प्रस्तुति श्रीलंकाको रहेको थियो भने दोस्रो प्रस्तुति स्वरुप नेपालको तर्फबाट सीता स्वयंबर नृत्य नाटिका मञ्चन भएको थियो । नेपाली टोलीको हौसला बढाउन भारतका लागि महामहिम राजदुत दिप कुमार उपाध्ययको उपस्थिति पनि कार्यक्रममा रह्यो ।

यस्तै दिल्ली पश्चात उडिसा राज्यको भुवनेश्वर प्रस्थान गरेको नेपाली टोलीले २०७४/५/३० गते (सेप्टेम्बर १५) दर्शक उलेखनिय उपस्थिति रहेको रबिन्द्र मण्डप हलमा आफ्नो प्रस्तुति देखाएको थियो ।

यसैगरी तेस्रो प्रस्तुतिका लागि नेपाली टोली दिल्लबाट २०७४/६/१ गते (सेप्टेम्बर १७) मा इलाहबाद प्रस्थान गरेको थियो । प्रयाग संगीत समितिका कोषाध्यक्ष आदित्य नारायणज्यूले नेपाली टोलीलाई स्वागत गर्नु भएको थियो । २०७४/६/२ गते (सेप्टेम्बर १८ मा इलाहबादस्थित प्रयाग संगीत समितिको मेहता प्रक्षागृहमा नेपाली टोलीले सीता स्वयंबर नृत्य नाटिका मञ्चन ग¥यो । कार्यक्रमको समापन समारोहमा प्रयाग संगीत समितिका पदाधिकारीले नेपाली टोलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

नाटकलाई वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधानले गर्नुभएको थियो भने सह निर्देशनको जिम्मेवारी नारायणी देवी प्रधान र कृष्णभक्त मर्हजनले निर्वाह गर्नु भएको थियो भने मञ्च व्यवस्थापनको जिम्मेवारी उदय श्रेष्ठले सम्हाल्नु भएको थियो । सुधाकर पन्तको संगीत सिर्जना रहेको नृत्य नाटिकामा उदय श्रेष्ठले संगीत संयोजन गर्नु भएको थियो ।

मञ्चमा रामको भूमिकामा हरिभक्त मर्हजन, सीताको भूमिकामा सुरसा श्रेष्ठ लक्ष्मणको भूमिकामा सन्तोष श्रेष्ठ राजकुमारहरुको भूमिकामा माधव प्रधान, उदय श्रेष्ठ र धु्रब वाग्ले हुनुहुन्थ्यो भने राजा जनकको भूमिकामा राधेश्याम प्रधान र जनक पत्नीको भूमिका नारायणी देवी प्रधान रहनु भएको थियो । त्यसैगरी सीताका सहेलीको भूमिकामा सूर्या कार्की र राममाया मर्हजन, राजा दशरथको भूमिकामा उदय श्रेष्ठ, रानी कौसिल्याको भूमिकामा पवित्रा घर्ती, ऋषि विस्वामित्र र पर्शुरामको भूमिकामा कृष्णभक्त महर्जन हुनुहुन्थ्यो । नेपाली टोली असोज ४ गते काठमाडौं फर्किएको थियो ।