संङ्गीतकार चनद्रराज शर्माको निधन

१९९६ मा संगीत शिरोमणि स्व. पण्डित यज्ञराज शर्माका पुत्रका रुपमा जन्मनु भएकाका संगीतकार चन्द्रराज शर्माको आज पुष ६ गते विहान निधन भएको छ। नेपाल कला भूषण उपाधिद्वारा विभूषित संगीतकार पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’ का संगीतकार समेत हुनुहुन्थ्यो र लामो समयदिेखि उहाँ उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो।

महाकवि देवकोटा ‘मुनामदन’ गीति नाटकमा पनि उहाँले संगीत निर्देशन गर्नुभएको थियो। उहाँको संगीतमा गायक माणिकरत्न, तारादेवी, तोरणमुनि बज्राचार्य, सुदेशराज शर्मा आदिले दर्जनौँ गीत गाएका छन्। शर्माले पछिल्लो पटक महाकवि देवकोटाको गीति नाटक ‘कुञ्जिनी’मा पनि संगीत दिनु भएकोथियो।

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, छिन्नलता गीत पुरस्कार, हिट्स् एफ एम लाइफटाइम अचिभमेन्ट पाउनु भए)को शर्माका दुई छोराहरू सुदेशराज शर्मा र नरेश शर्मा पनि संगीत क्षेत्रमै आबद्ध छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उहाँको चिर शान्तिको कामना गर्दे शोक सन्तप्त परिवारमा सम्बेदना प्रकट गर्दछ ।