नेपाल कला भुषण चन्द्रराज शर्माको १३औँ पु०य तिथिमा श्रद्धन्जली सभा ।

विंगत अग्रज संगीतकार एवं नृपाल कलाभूषउा चन्द्रराज शर्माको १३औं दिनको पूण्यतिथिमा मंगलबार राजधानीको जमलस्थित नाचघरमा श्रद्धाञ्जलीसहित उनको योगदानको चर्चा गरियो।
शर्माकाे श्रद्धाञ्जली कार्यक्रमलाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल स‌गीत तथा नाट्य प्रतिष्ठान, रेडियाे नेपाल र नेपाल सांगीतिक संघले संयुक्तरुपमा अायाेजना गरेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का संचालक समितिका अध्यक्ष श्री उद्याेग राईज्यूले गर्नुभएकाे थियाे भने संचालन शशि शर्मा मजगैयाले गर्नुभएकाे थियाे । श्रद्धाञ्जली अर्पणका क्रममा १ मिनेट माैन धारण गरी सुरुवात गरिएकाे थियाे भने सहभागी कलाकारहरुले १०८ वटा दियाेमा बत्ती बालेर उहाँकाे अात्माकाे चिरशान्तिकाे कामना गरिएकाे थियाे । सभाका बाेल्ने स‌ंगीतकर्मीहरुले चन्द्रराज शर्माले नेपाली संगीत पुर्याउनुभएकाे याेगदानकाे कदर गर्दै सरकारले उहाँकाे नाममा संगीत काेषकाे स्थापना गर्नुपर्ने बताउनुभयाे ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाले शर्मा विरमी हुँदा उपचार गर्न राज्यसँग प्रतिष्ठानले अनुरोध गर्दा राज्यबाट सहयोग नमिलेका कारण उनलाई चाँडै गुमाउनु परेको बताउनु भयो अब शर्माका सिर्जनालार्इ कालजयी बनाउन उनको एउटा लाइब्ररी स्थापना गरेर त्यसलाई जोगाउन पहल गर्नु पर्ने बताउनुभयो।
अग्रज देउडा गायक नन्दकृष्ण जोशी र सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक लक्ष्मण रायमाझीले पनि राज्यका तर्फबाट शर्मालाई बेवस्ता गरिएका गुनासो गर्नभयो ।
यस्तै सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राईल, निमित्त महाप्रबन्धक कृष्ण गुुरुङ, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संगीतकार शर्मासग्गको स्मरण सुनाउँदै उहाँ प्रति श्रद्धासुमन व्यक्त गर्नुभयो ।
साे श्रद्धाञ्जली सभामा उहाँका पुत्रद्वय श्री किशाेर अर्याल र सुदेशराज शर्मा पनि उपस्थित भई आफ्नाे बुवाकाे श्रद्धाञ्जली सभाकाे अायाेजना गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।