पुष ४ मा नेपाली लोक दोहोरी गीतको अवस्था एवम् परम्परा विषयक संगोष्ठी आयोजना हुने
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्कीको सह–आयोजनामा गण्डकी प्रदेश प्रमुख माननीय अमीक शेरचनज्यूको प्रमुख आतिथ्यतामा यही पुष ४ गते शुक्रबारका दिन नेपाली लोक दोहोरी गीतको अवस्था एवम् परम्परा विषयक संगोष्ठी आयोजना गर्ने भएको छ । प्रज्ञा परिषद् सदस्य एवम् लोक सङ्गीत विभाग प्रमुख हरिदेवी कोइरालाले संगोष्ठीमा लोकदोहोरी गीतको वर्तमान अवस्था तथा परम्पराबारे वृहत छलफल हुने बताउनु भयो ।
कार्यक्रम पोखरास्थित साइमन पार्टी प्यालेस, र्सिजनाचोकमा दिउँसो २ बजे हुने छ ।