पृथ्वी नारायण शाह र अन्तर हिमाल भूराजनीति विषयक विचार गोष्ठी सम्पन्न

पौष२५ गते, काठमाडौं । २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवनको सभा कक्षमा ‘‘पृथ्वी नारायण शाह र अन्तर हिमाल भूराजनीति’’ विषयमा विचार गोष्ठी सम्पन्न भयो । 
नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति प्रा.डा. जगमान गुरुङज्यूको सभापतित्वमा संचलित उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. मोदनाथ प्रश्रित हुनुहुन्थ्यो ।

धेरै इतिहासविद् एवं विद्वान विदुषिहरुको उपस्थिति रहेको उक्त गोष्ठीका विशिष्ट अतिथिहरुमा नेपाल संंगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति  के.के. कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइला, पूर्व उपकुलपति बासुदेव त्रिपाठी, प्रा. शिवहरी मरहट्ठा, सास्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, प्रा. डा. उषा ठाकुर, प्रा. दिनेश राज पन्त हुनुहुन्थ्यो ।

प्रमुख अथितिले दीप प्रज्वलन र पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरेर गोष्ठीको विधिवत् उद्घाटन गर्नु भयो । प्रा. दिनेशराज पन्तले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रा.डा. त्रिरत्न मानन्धरले प्रस्तुत गर्नुभयो भने कार्यक्रम संचालन प्राज्ञ शशी लुमुम्बुले गर्नुभयो ।