तनहुँमा लोक नृत्य समन्धी गोष्ठी आयोजना हुँदै

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा माघ ४ गते 'नेपाली लोक नृत्य क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु' विषयक विचार गोष्ठी कार्यक्रम हुने भएको छ ।
गण्डकी प्रदेशका माननीय आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङ्गज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिने गोष्ठी कार्यक्रममा वेणु प्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने कार्यपत्रमाथि प्रा. शेषमणी आचार्य तथा प्रा. जनार्दन दाहालले टिप्पणी गर्नुहुनेछ ।


गण्डकी प्रदेशस्थित तनहुँ जिल्ला, शुक्ला नगरपालिका ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडामा विहान ११ः३० बजे आयोजना हुने गोष्ठीलाई प्रतिष्ठानकी नृत्य विभाग प्रमुख प्राज्ञ परिषद् सदस्य नमूना शर्माले संयोजन गर्नुहुनेछ भने साहित्य संगम र प्रगतिशील लेखक संघ तनहुँ सहयोगी संस्थाका रुपमा रहने जानकारी प्राज्ञ शर्माले दिनुभएको छ ।