अमेरिकामा सम्पन्न भयो विद्यापति समारोह

नेपाली तराइयनहरूको संस्था  ANTA (Association of Nepalese Terrain in America) ले अमेरिकाको न्यूजर्सीस्थित प्रिन्स्टनमा विद्यापति समारोहको आयोजना गरेको छ। नेपालको दोस्रो ठूलो जनसमुदायको भाषा तथा संसारकै मधुरतम भाषा मानिने मैथिलीका महाकवि विद्यापतिको सम्झनामा  अमेरिकामा पहिलो पटक सो कार्यक्रम गरिएको थियो। MONA (Maithils of North America) को  सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यतामा आयोजित 
कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका संयोजक तथा एन्टाका नवनिर्वाचित अध्यक्ष अपराजिता मिश्रा झाले विदेशी भूमिमा आफ्नो संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने  उद्देश्यले विगतमा छठ पर्व, होली मिलन उत्सव जस्ता समारोहहरूको आयोजना गर्दै आएकोमा यसपटकदेखि हाम्रा साहित्यिक विभूति तथा विश्वभरिका मैथिली भाषीहरूको पहिचान र गौरवका प्रतीक महाकवि विद्यापतिको सम्झनामा स्मृति समारोह आयोजना गर्न थालेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ धिरेन्द्र प्रेमर्षिले अमेरिका जस्तो ठाउँमा विद्यापतिलाई सम्झेर उनको नाउँमा समारोहको आयोजना गरिनु भनेको हामी जहाँ भए पनि आफ्नो माटोसँग अभिन्न छौँ र आफ्नो देशप्रति चिन्तनशील छौँ भन्ने कुराको द्योतक रहेको बताउनुभयो।
प्राज्ञ प्रेमर्षिले  आफ्नो मन्तव्य दिंदै आजभन्दा ७ सय वर्षअघि देसिल वयना सबजन मिट्ठाको उद्घोषका साथ विद्यापतिले आम जनताको पक्षमा क्रान्तिकारी कदम उठाएको उल्लेख गर्दै विद्यापतिकै जनभाषामा लेखन परम्पराको अनुसरण गर्दै तुलसीदास, कवीरदास, मीरा बाइ, सूर दास, भानुभक्त आचार्य जस्ता पछिल्लो समयका महानतम कविहरूले आआफ्नो मातृभाषामा साहित्य(सिर्जना गरी सफल हुन सकेको बताउनुभयो।

कार्यक्रममा बोल्दै प्राज्ञ प्रेमर्षिले परदेश बस्नेका आफन्तले देशमा भोग्नुपर्ने सकसको कथा गीतमार्फत प्रस्तुत गर्नु भयो भने राममनोहर साह, सुभाष बैठालगायतका सर्जकहरूले विद्यापतिका कविता वाचन गर्नुका साथै आफ्ना रचनाहरू सुनाएर समारोहलाई साहित्यमय बनाउनुभएको थियो।

मैथिल अस्मिताको सम्बर्द्धनमा विद्यापतिका रचनाहरूले दिँदै आएको योगदानबारे चर्चा गर्दै रेडियो कान्तिपुरको चर्चित कार्यक्रम हेल्लो मिथिलाकी सञ्चालिका रूपा झाले  विद्यापतिरचित गीत गाउनु भयो भने एन्टा अध्यक्ष अपराजिता मिश्र, प्रभा झा, सुधा झा, आर्या झालगायतले विभिन्न गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई समारोहलाई संगीतमय तुल्याउनु भयो।

समारोहमा अमेरिकामा बसोबास गर्ने मैथिली भाषी समुदायलाई एकताको सूत्रमा जोड्दै विगतमा अनेकौँ महत्त्वपूर्ण कार्यहरूका शुरुआतकर्ता हेमकान्त मिश्रको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उहाँलाई ःइल्ब् का तर्फबाट मिथिला(रत्न उपाधिद्वारा मरणोपरान्त विभूषित गरिएको थियो।

एन्टाका तर्फबाट कार्यक्रमका नवनिर्वाचित अध्यक्ष झाका साथै वर्तमान अध्यक्ष विजयकुमार सिंह तथा अन्य पदाधिकारीहरू सुभाष बैठा, मोहन यादव, मुकेश कर्ण, राममनोहर साहलगायतले प्रमुख अतिथि प्राज्ञ धीरेन्द्र प्रेमर्षिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।