भ्रमण वर्ष २०२० को शुभारम्भ उद्घाटन समारोहमा प्रतिष्ठान सहभागी 

 

काठमाडौं । अङ्ग्रेजी नयाँ संवत्को पहिलो दिन जनवरी १ बुधबारबाट औपचारिक रुपमा ‘नेपाल भ्रमण वर्ष—२०२०’ शुभारम्भ भएको छ । यस अवसरमा नेपाल सरकारद्वारा आयोजना गरिएको भ्रमण वर्ष शुभारम्भको भव्य समारोहमा नेपाल सड्ढीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानले पनि सहभागिता जनाएको छ । 
भ्रमण वर्ष—२०२० लाई बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीहरुसमेत प्रदर्शन गरियो । समारोहमा नेपाल सरकारका मन्त्रीहरु, विभिन्न देशका पर्यटन मन्त्रीहरु, विभिन्न ओहदाका कर्मचारी, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेताहरु, विदेशी कूटनीतिक नियोगका व्यक्तित्वहरु, पर्यटन तथा संस्कृतिसँग सम्बन्धित सरकारी तथा निजी सङ्घसंस्थाहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थितिको रहेको थियो ।
भ्रमण वर्ष २०२० लाई सक्दो प्रवद्र्धन तथा भव्यताका साथ सम्पन्न गर्न उद्देश्यले प्रतिष्ठानले पनि सो कार्यक्रममा आफ्नो सहभागिता जनाएको हो । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)को नेतृत्वमा उपकुलपति हरिहर शर्मा, प्राज्ञपरिषद् सदस्यहरु अशोक राई, नमूना शर्मा, मेघराज शर्मा मञ्जुल, निशा शर्मा, हरिदेवी कोइरालाको सहभागिता रहेको समारोहमा प्रतिष्ठानका कर्मचारीहरु ¥याली सहित कार्यक्रममा सहभागी भएका थिए । 


अङ्गे्रजी वर्ष २०२० मा २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यका सरकारले यस वर्षलाई ‘लाइफ टाइम एक्सपेरियन्स’ भन्ने नारासहित भ्रमण वर्ष घोषणा गरेको छ । बुधबार शुरु भएको भ्रमण वर्ष सफल पार्न सङ्घीय सरकारसँगै सात वटै प्रदेशले समेत शुभारम्भका विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।