स‍ंस्कृति सचिव अधिकारी र प्रतिष्ठानका पदाधिकारीहरुबीच प्रतिष्ठानकाे कार्यालयमा भेटघाट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले विहिबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुभएको छ । नाचघरमा अमूर्त सम्पदा दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम पश्चात उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यलयको पुग्नुभएको थियो । 


प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्याम प्रकाश तमोट, प्राज्ञ परिषद् सदस्यहरु लगायत कर्मचारीहरुद्वारा उहाँलाई स्वागत गरिएको थियो । प्रतिष्ठानका पदाधिकारीहरुसंगको भेटमा प्रतिष्ठानले गरेका कामहरुबारे उहाँलाई जानकारी गराइएको र सचिव अधिकारीले आगामी दिनहरुमा प्रतिष्ठानलाई मजबुत बनाउँदै आफ्नो उद्देश्य अनुरुपको कामहरुलाई प्रभावकारी बनाउन सल्लाह सुझावहरु दिनु भएको सदस्य सचिवले बताउनु भयो ।