हाम्रो परिचय

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको हो । सङ्गीत तथा नाट्य विधालाई विश्व समक्ष परिचित गराउने, सङ्गीत तथा नाट्य सम्बन्धी पुस्तकालय, सङग्रहालय, रङ्गमञ्च, नाट्यशाला आदि स्थापना गर्ने, सङ्गीत तथा नाट्य विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रशिक्षण आदि आयोजना तथा सञ्चालन गर्ने तथा नेपालका विभित्र जातजाती तथा समुदायका मौलिक लोकगीत, लोकनृत्य, लोकबाजा, लोकधुन तथा लोक सङ्गीतको अध्ययन, अनुसन्धान, सम्बद्र्धन र संरक्षण गर्नुका साथै समग्र सङ्गीत र नाट्य विधाको उन्नयनका लागि यस प्रज्ञा
पूरा पढ्नुहोस् गतिविधि
सप्तरीमा परम्परागत सङ्गीत, वाद्य, वादन केन्द्रित कार्यक्रम आयोजन हुने
राजविराज । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सप्तरीमा मिथिलाको परम्परागत सङ्गीत कला, वाद्य, वादन केन्द्रित कार्यक्रम हुने भएको छ । प्रतिष्ठानको ‘एक प्रदेश, एक परम्परा’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा व्याप्त मिथिलाको परम्परागत सङ्गीत कला, वाद्य, वादन सम्बन्धी कार्यक्रम जेठ
पूरा पढ्नुहोस्
मधेसी समुदायको लोकगीत ‘विरहा’को छायाङ्कन एवं स्वराङ्कन सम्पन्न
लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला र आसपासमा गाइने मधेसी समुदायको लोकगीत ‘विरहा’ लामो अध्ययन र अनुसन्धान पछि बुटवलको ओमी स्टुडियोमा ओमी बैशाख १४ गते छायाङ्कन एवं रेकर्ड गरिएको छ । उक्त कार्यको संयोजन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ हरिद
पूरा पढ्नुहोस्१२ औँ स्थापना दिवसमा सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ घोषणा
वैशाख १० गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम २०६७ साल बैशाख १० गते स्थापना भएको प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापनाको १२ वर्ष पुरा गरेको हो । 
पूरा पढ्नुहोस् प्रकाशन

सुचना अधिकारी
श्री ध्रुब वाग्ले
शाखा अधिकृत
फोन न. ९८४३६९६३८६
ईमेल : wagledhruba1@gmail.com