बर्दाघाटमा सङ्गीत नाटक विषयक एक दिवसीय गोष्ठी सम्पन्न

 

बर्दाघाट प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा  बर्दाघाटमा २०८० असोज २३ गते सङ्गीत नाटक विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लमसालले गोष्ठी पत्र प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा सङ्गीत नाटक क्षेत्रका स्रष्टा कलाकार, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।