नाटक 'आमा नहुदा एक साँझ' १३ औं राष्ट्रिय बालनाटक महोत्सव -२०७८ (भर्चुअल)मा प्रथम

शैली थिएटर, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरको संयुक्त रुपमा आयोजित १३ औं राष्ट्रिय बालनाटक महोत्सव -२०७८ (भर्चुअल) काे नतिजा प्रकाशित गरिएकाे छ ।

नाटक आमा नहुदा एक साँझ' प्रथम  नाटक टालाे  द्वितिय र नाटक छाउपडि तृतीय हुन सफल भए । रङ्गकर्मीद्वय भोलाराज सापकोटा तथा सिर्जना अधिकारी निर्णायक रहेका महोत्सवमा ९ वटा नाटक प्रदर्शनका लागि छनौट भएका थिए । चैत २ गते बाट शैली थिएटरको युट्ब च्यानलबाट भर्चुअल रुपमा  नौदिन सम्म छनोट भएका नाटकहरु प्रदर्शन गरिएका थिए । 

सहभागी सम्पुर्ण नाटक, कलाकार, निर्देशक,लेखक, निणार्यक मण्डल लगायत महोत्सव सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रती हार्दिक धन्यवाद ।

सहभागी नाटक मध्ये उत्कृष्ट ३ नाटकको अन्तिम नतिजा यस प्रकार छ।

१.आमा नहुदा एक साँझ (रेडस्टार,माेरङ्ग)

२.टालाे(भक्तपुर निस्ट)

३.छाउपडि(मर्निङ्ग स्टार स्कुल,बिरेन्द्रनगर)

 

Share