“राष्ट्रिय नाटक महोत्सव–२०७६” मा “पम्पा फूल”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आज २०७६ असार २ गतेदेखि “राष्ट्रिय नाटक महोत्सव–२०७६” नाटक महोत्सव सुरु हुन लागेको छ । महोत्सव सर्वनाम थिएटर, कालिकास्थान, काठमाडौंमा देशभरका विभिन्न नाटकहरुको प्रस्तुति रहनेछ । 
महोत्सवको पहिलो दिन आज असार २ गतेका दिन कर्णाली थिएटर “कलाकुञ्ज”, मुगुद्वारा बेलुका ५ः३० बजे सर्वनाम थिएटर, कालिकास्थानमा “पम्पा फूल” नाटक प्रदर्शन हुन लागेको छ । नाटक महोत्सवको उद्घाट समारोह अपराह्न ५ बजे हुनेछ । 
“पम्पा फूल” कर्णाली क्षेत्रमा प्राचीन समयदेखि हरेकको जिब्रोमा झुण्डिएको प्रख्यात लोक कथा हो । माइती घरबाट दाईजोको रुपमा अथाह सम्पति लिई फर्कदै गरेकी पम्पालाई त्यो कुराबाट रिसले चुर बनेको पम्पालाई पोईली घर पु¥याउन साथै गएको उसको आफ्नै दाईले रातको समयमा बाटोमै भेटिएको तलाउमा तैरिरहेको जुनको छाँया पम्पालाई अत्यन्तै मन पर्ने पम्पा फुल हो भनेर भ्रममा पारेर मार्छ  र सारा सम्पत्ती फिर्ता लिन्छ । यो सबै घटनालाई आफ्नै आँखाले देखेको भाइले दाईको यस्तो कर्तुतदेखि घरबार त्याग्छ  र बनबास जान्छ । अन्तत् एकदिन सारा गाउँलेहले पम्पाको मृत्युको रहस्य थाहा पाउछन र दाईलाई सबैले घृणाको दृष्टिले हेर्न थाल्छन । सबैको घृणा सहन नसकेर एकदिन उ आफै पनि त्यसै तलाउमा हाम फलेर आत्महत्या गरेर मर्छ ।