नाटक विभाग
नाटक विभागको काम कर्तव्य र अधिकार : -
(क) नेपालका (नेपाल भित्रका गैर नेपाली भाषी समेत) नाटकको विकासका लागि प्रयत्न गर्ने ।
(ख) नेपालभित्र क्रियाशिल रंगकर्मिहरु र नाटकको विकासमा संलग्न संघसंस्थाहरुको सूचि तयार गर्ने ।
(ग) आधु्निक नेपालका रंगकर्मका बारे अध्ययन अनुसन्धान गर्ने र गराउने ।
(घ) नाटक लेखन र मञ्चनलाई प्रोत्साहित गर्र्ने ।
(ङ) यस क्षेत्रसँग सम्बन्धित स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहसँग सम्पर्क, समन्वय र सहकार्यमा जोड दिने ।
(च) नेपालका नाटकलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तदनुकुलका योजनाहरु तर्जुमा र कार्यान्वयन गर्ने ।
(छ) नेपालको नाटकको विकासका लागि गोष्ठी, कार्यशाला, प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्ने ।
(ज) अन्तर्राष्ट्रिय जगतमा हुने नााटक सम्बन्धी गतिबिधीमा प्रतिनिधित्व गर्ने, गराउने ।
(झ) अन्तर्राष्ट्रिय स्तरमा देखापरेका नाटक सम्बन्धी अत्याधुनिक प्रविधि र प्रयोगका बारेमा जानकारी राख्ने र सो सम्बन्धमा प्रचार प्रसार गर्ने ।
(ञ) यस विधाका विभिन्न विषयमा अभाव रहेका विशेषतालाई पुरा गर्न सो बारे अध्ययन गरि छात्रवृतिको व्यवस्था गर्न आवश्यक पहल गर्ने ।
(ट) नेपालको नाटकको विकासमा योगदान दिने स्वदेशी तथा विदेशी प्रतिभाहरुको कदर र सम्मान गर्ने ।
(ठ) अन्य विभागहरुसँग समन्वय राखि संयुक्तरुपमा कार्य गर्न सकिने हदसम्म सो अनुसार गर्ने ।