नृत्य विभाग

नृत्य विभागको काम कर्तव्य र अधिकार :—
(क) नेपालको नृत्यकलाको विकासका लागि प्रयत्न गर्ने ।
    (ख) नेपालको नृत्यका विभिन्न शैलीहरुको अभिलेख राख्ने ।
(ग) नृत्य सम्बन्धी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सम्पर्क, समन्वय र सहकार्य  बिस्तार गर्ने ।
(घ) लोपोन्मुख अवस्थामा पुगेका मौलिक नेपाली नृत्यहरुको अभिलेख राख्ने र तिनको संरक्षणमा जोड दिने ।
(ङ) विभित्र समुदायमा रहेको विविध प्रकारका नृत्य परम्परालाई संरक्षण गर्न समुदायलाई प्रोत्साहित गर्ने ।
(च) नृत्य सम्बन्धी गोष्ठी, कार्यशाला, प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्ने ।
(छ) अन्तर्राष्ट्रिय स्तरमा हुने नृत्य सम्बन्धी गतिबिधिहरुमा प्रतिनिधित्व गर्ने, गराउने ।
(ज) नेपालको नृत्यको विकासमा योगदान दिने स्वदेशी तथा विदेशी प्रतिभाहरुको कदर र सम्मान गर्ने ।
(झ) युवा पुस्तालाई नृत्यमा प्रोत्साहन गर्ने । 
(ञ) नेपाल वहुधार्मिक, वहुभाषिक, वहुजातिय राष्ट्र भएकाले नृत्यको माध्यमबाट सोको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावना जागृत गराउने ।
(ट) नेपालको नृत्यकलाका बारे अध्ययन अनुसन्धान गर्ने गराउने ।
        (ठ) अन्य विभागहरुसँग समन्वय राखि संयुक्तरुपमा कार्य गर्न सकिने हदसम्म सो अनुसार गर्ने ।