नेपाली लोकनाचको विगत र वर्तमान अवस्था " विषयक गाेष्ठी सम्पन्न

२५ जेठ काठमाडाैं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे नृत्य विभागद्वारा "नेपाली लोकनाचको विगत र वर्तमान अवस्था " विषयक गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानकाे लेखनाथ हलमा जेठ २५ गते अायाेजना गरेकाे छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पाेखरेलकाे सभाध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाकाे प्रमुख अातिथ्यतामा अायाेजित कार्यक्रममा "नेपाली लोकनाचको विगत र वर्तमान अवस्था " विषयक कार्यपत्र प्रस्तुत गरिएकाे थियाे ।

वरिष्ठ नृत्य निर्देशक के.पी पाैडेलले कार्यपत्र प्रस्तुत गर्नु भएकाे थयाे भने कार्यपत्रमाथि अास्था कला केन्द्रका संस्थापक रमेश थापा र लाेक बाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कणेलले टिप्पणी गर्नुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै भैरवबहादुर थापाले नेपाली लोकनाचको विगत र वर्तमान अवस्था " विषयमा गाेष्ठी अायाेजना गरेकाेमा प्रतष्ठानलाई धन्यवाद दिदै अाफूले सन् १९७४मा नेपाली लाेकनाचलाई युराेपकाे फेस्टिभल तथा युनेस्काेमा निजी खर्चमा प्रदर्शन गरेकाे स्मरण गर्नु भयाे ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले वरिष्ठ नृत्यकार भैरवबहादुर थापाकाे जन्म दिवसलाई राष्ट्रिय नृत्य दिवसमनाउने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराईरहेकाे बताउनु भयाे ।

कार्यक्रममा वरिष्ठ नृत्यङ्गना नारायणदेवी प्रधान, गाेविन्द प्रभात,नृपध्वज खत्री, प्राज्ञ शान्ति कठायत लगायतले लाेक नाचकाे संरक्षणमा सबै मिलेर अघि बढ्नु पर्नेमा जाेड दिनुभएकाे थियाे ।

प्राज्ञ परिषद् सदस्य एवं नृत्य विभाग प्रमुख बखतबहादुर हमालले संयाेजन गर्नुभएकाे कार्यक्रमलाई प्राज्ञ सभा सदस्य महेश सुनारले सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रममा प्राज्ञ टीका पुन, प्राज्ञ डक्टर राई, प्राज्ञ हिसनबहादुर मगर लगायत प्राज्ञ सभा सदस्यहरू, वरिष्ठ नृत्यकर्मीहरू तथा, नृत्य प्रशिक्षार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।