नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघद्वारा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं पुस १ गते । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघकाे अायाेजनामा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।संघले प्रतिष्ठानकै नक्साल स्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम आयोजन गरेको हो । कार्यक्रममा प्रतिष्ठानका कर्मचारी तथा विभिन्न कलाकारले आफ्नो गीत संगीत तथा नृत्य प्रस्तुत गर्नुभयाे ।
कार्यक्रममा गायक शिशिर योगीले सारँगी त…सहित केही मनछुने गीतहरु सुनाउनुभयाे । यस्तै लोक गायक बिमलराज क्षत्रीले पनि आफ्ना चर्चित गीत बुट्टे रुमाल सुनाउनु भयाे । गायक विपिन घिमिरे र गायिका शिला बिष्टले गाएको देउडा गीत तथा अाधुनिक युगल गीतकाे प्रस्तुति दिनुभयाे।
प्राज्ञ परिषद सदस्य धिरेन्द्र प्रेमर्षीले प्रस्तुत गरेको पानी शिर्षकको गजल निकै मिठो थियो । यस्तै सो प्रतिष्ठानका कर्मचारी लाम्च्युङ लामा तामाङले राष्ट्रिय गीतमा नृत्य गर्नुभयाे भने कर्मचारी विजय श्रेष्ठले सुनाएको कविता पनि आकर्षक थियो ।
सो प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानलाई अघि बढाउन र परिषदलाई मार्गदर्शन दिन प्रतिष्ठानका कर्मचारीको ठुलो योगदान रहने बताउनुभयाे । प्रतिष्ठानले गर्नु पर्ने साँस्कृतिक कार्यक्रम कर्मचारीले गरेको भन्दै उहाँले संघको कार्यको प्रसँसा रमेत गर्नुभयाे ।
प्रतिष्ठानका सदस्य सचिब श्याम प्रकाश तमोटले कर्मचारी र परिषदको समन्वयले मात्र प्रतिष्ठान अघि बढ्ने बताउनुभयाे । यस्तै सो प्रतिष्ठानका सभा सदस्य प्रदीप बमजनले प्रतिष्ठानलाई प्राप्त मध्य करोडौं रकम फ्रिज भएर फर्कनु भनेको परिषदको कार्य कमजोर हुनु हो भन्नुभयाे ।
नेपाल प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष अशोक चौरसियाले नेपाल प्रज्ञा प्रतिष्ठानको अहिलेको परिषदले आफ्नो कार्यकाल सकेर पनि कानून विपरित कार्यक्रम गरेको जिकिर गर्नुभयाे ।
कार्यक्रम आयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले नाट्य संगीतको विकाशमा कर्मचारीको पनि योगदान रहेको जिकिर गर्नुभयाे । कलाकारहरुलाई प्रोत्साहन गर्न आफुहरुले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको पनि उहाँले प्रकाश पार्नुभयाे । कार्यक्रममा सो कर्मचारी संघका सदस्य नेत्रबहादुर भुजेल तथा बबिता पन्तले लगायतले प्रतिष्ठानमा कर्मचारीको दायित्व’बारे प्रकाश पार्नुभयाे। कार्यक्रमकाे सहजीकरण कर्मचारी संघका सचिव जगदिश सापकाेटाले गर्नुभएकाे थियाे ।