पञ्चेबाजा र खैजडी बादन प्रशिक्षण सम्पन्न

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे संगीत विभागकाे अायाजनामा २०८० जेष्ठ ३० गते देखि सञ्चालित " पन्चेबाजा र खैजडी बादन " प्रशिक्षण कार्यक्रम २०८० असार ८ गते सम्पन्न भएको छ ।

गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे को प्रमुख आतिथ्यतामा समापन कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । प्रशिक्षण कार्यक्रममा १३ जना युवा र १२ जना प्रौढ गरी जम्मा २५ जना प्रशिक्षार्थीलाई गायक / संगीतकार तथा वाद्यबादक आशिष अबिरल र सहनाइ बादक मेख बहादुर परियारले प्रशिक्षण दिनुभएको थियो ।

सङ्गीत वपभाग प्रमुख प्राज्ञ कर्ण बहादुर गाैतमले संयाेजन गर्नुभएकाे कार्यक्रममा शास्त्रीय र आधुनिक दुबै विधि बाट प्रशिक्षण दिइएको थियो ।