मनाइयो ४१ औँ अन्तर्राष्ट्रिय नृत्य दिवस
१६ गते, काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा नृत्य निर्देशक संघको संयुक्त आयोजनामा ४१ अाैँ अन्तर्राष्ट्रिय नृत्य दिवस (29 April)को अवसरमा शनिवार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा विभिन्न मौलिक सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतिहरु सहितको कार्यक्रम आयोजना गरी मनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मानीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपालमा प्रचलित विभिन्न जातजातिका लोक तथा परम्परागत नृत्यहरु प्रस्तुत गरिएको थियो ।
स्वागत नृत्यस्वरुप नृत्य निर्देशक संघ, ललितपुरका ललित बज्राचार्यले पंचकपाल नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा राप्ती तथा भेरी क्षेत्रमा प्रचलित टप्पा नृत्य, पूर्वी नेपालमा प्रचलित साकेला तथा च्याब्रुङ, उपत्यकाको भैरवकाली नृत्य र नेवारी नृत्य , गुरुङ मगर समुदायमा प्रचलित कौडा नृत्य, तामाङ समुदायको तामाङसेलो नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी ‘द लर्ड अफ क्रु’ तथा ‘ह्वाइल्ड रिपजर्’ समूले आधुनिक शैलीको नृत्य प्रस्तुत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गीत सङ्गीत तथा नृत्य मानिसको भावना बोल्ने र समस्याको उजागर गर्ने माध्यम भएको बताउनु हँुदै राष्ट्रिय नृत्य दिवसको थालनी गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले कला क्षेत्रमा दशकौँ योगदान दिने कलाकर्मीहरुको भविष्यको सुनिश्चिता हुनुपर्नेमा जोड दिनुभायो ।
कुलपति तथा कार्यक्रमको सभाध्यक्ष निशा शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै आइ टि आइ(क्ष्त्क्ष्) द्वारा अन्तराष्ट्रिय नृत्य दिवसको थालनीेको उद्देश्यबारे प्रकाश पार्नु हँुदै आगामी दिनमा पनि यस्तै खालको सहकार्य गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नृत्य निर्देशक संघका सचिव ऋषिकेश श्रेष्ठले अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइरहँदा नेपालको राष्ट्रिय नृत्य दिवस नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारी स्तरबाट नृत्य दिवस नमनाए पनि नृत्य निर्देशक संघको पहलमा वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाको जन्म दिन पारेर राष्ट्रिय नृत्य दिवस गत वर्षबाट मनाउन थालेको जानकारी दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नृत्य निर्देशक नृपध्वज खत्रीले कलाकर्मीहरुको योगदानले देशमा आमुल परिवर्तन सम्भव भएको बताउनुहँदै कला र संस्कृतिको क्षेत्रमा क्रियाशिल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सबलिकरण गर्न उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नृत्य निर्देशक संघका सल्लाहाकार जोगेन्द्र के.सीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला क्षेत्रको विकासका लागि ठोस योजना बनाएर अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्रज्ञा परिषद सदस्यहरु तथा सभा सदस्यहरु, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, नारायणदेवी प्रधान, राधेश्याम प्रधान, याम गुरुङ, जोगेन्द्र के.सी, उदिराम खड्का लगायत नृत्य निर्देशक संघका पदाधिकारी तथा सदस्यहरुको थियो । कार्यक्रमको सहजीकरण प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ बखत बहादुर हमालले गर्नुभएको थियो ।