राष्ट्रिय नाटक महोत्सवमा “अमरसिंहको खोजिमा”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानद्वारा यही असार २ गतेदेखि आयोजना गरिएको “राष्ट्रिय नाटक महोत्सव–२०७६” मा आज “अमरसिंहको खोजिमा” नाटक मञ्चन हुने भएको छ । तरङ्ग सांस्कृतिक परिषद् हेटौडाद्वारा प्रस्तुत गरिने नाटकको निर्देशन उज्वल शर्मा भण्डारीले गर्नु भएको हो भने नाटक तुल्सी थापाले लेख्नु भएको हो । 


नेपाली गौरबगाथाका अमर नायक अमरसिंह । यस्ता इतिहास पुरुषको खोजी नाटकमा गरिएको छ । नाटकका सबै चरित्रहरु अमरसिंहको खोजीमा छन् । प्रत्येक नागरिकले आफैभित्र अमरसिंह खोज्ने, राष्ट्रप्रेमको तेजलाई सदैव जीवित गरिरहेको छ । साथै नाटकका कलाकारहरुको भोगाइहरु समेत नाटकमा समेटिएको छ । नाटककै माध्यमबाट भएपनि आफैभित्र अमरसिंहलाई भेटनैपर्छ । 
कलाकारहरु
श्रवण भुसाल,
आशुतोष पोखरेल
अनुभव ढुंगाना, स्पर्श लामिछाने, विस्वास दाहाल, आगमन कोइराला
अभियान पराजुली, अंशु पटेल, 
सारांशा पाण्डे,
इशा कार्की, 
अश्मी घिमिरे 
लालबहादुर पौडेल, प्रलय चौलागाई 
लेखक ः तुल्सी थापा
निर्देशक ः उज्वल शर्मा भण्डारी