लाेपाेन्मुख असारे तथा दाइँ गीत विषयक सङ्गाेष्ठी सम्पन्न
असार ८ गते, काठमाडाैँ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे लाेक सङ्गीत विभागद्वारा लाेपाेन्मुख असारे तथा दाइ गीत विषयक सङ्गाेष्ठी अायाेजना गरेकाे छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईकाे अध्यक्षता तथा वरिष्ठ लाेकगायक बम बहादुर कार्कीकाे प्रमुख अातिथ्यतामा राष्ट्रिय साँस्कृतिक संस्थानमा असार ८ गते कार्यक्रम सम्पन्न भएकाे हाे ।
लुगुम्याल चेलीबेटी अामा समूहकाे पञ्चे बाजासँगै पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरिएकाे कार्यक्रममा असारे तथा दाई गीत विषयक कार्यपत्र तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएकाे थियाे ।
लाेक सङ्गीत विभाग प्रमुख एवं कार्यक्रम संयाेजक प्राज्ञ टीका पुनले स्वागत मन्तव्य दिनुभएकाे कार्यक्रममा गायक किरण बाबु पुनले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने उक्त कार्यपत्रमाथि पूर्व सांसद एवं संस्कृतिकर्मी बम कुमारी बुढा र डा. ध्रुब प्रसाद भट्टराईले टिप्पणी गर्नुभएकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उपकुलपति शम्भु राईले माैलिक कला संरक्षणमा राज्यकाे मात्र मुख ताक्न नहुने बताउँदै पश्चिमका देउडा गाउने कलाकारले पूर्वकाे हाकपारे, हिमालका शेर्पाले मैथिली/ भाेजपुरी गीत र यस्तै प्रकारले एक समुदाले अर्काे समुदायकाे गीत गाउन सक्ने वातावरण बनाउन सके सबै जातजातिका गीत सङ्गीत संरक्षण हुने बताउनु भयाे ।
यसतै कार्यक्रममा अाफ्नाे विचार राख्दै वरिष्ठ गायक बम बहादुर कार्कीले कला र संस्कृतिकाे अध्ययन र अनुसन्धानका लागि साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालकाे स्थापना गरेर अघि बढेकाे बताउनु भयाे ।
कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने क्रममा शिव नारायण जाेशी र समूहले घाँसे गीत, अथार मगरात कलाकार संघका कलाकारहरूले दाइँ गीत, पञ्चरङ्ग भजन समूह भक्तपुरका कलाकारले उपत्यकाका नेवार समुदायमा प्रचलित असारे गीत तथा विपिन घिमिरे र शिला विष्टलद्वारा गड्वाली गीत प्रस्तुत गरिएकाे थियाे भने ख.ब.पु चञ्चलले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुति दिनुभएकाे थियाे ।।
हरि पुन मगरले सहजीकरण गर्नुभएकाे कार्क्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिसद सदस्य हिसन बहादुर मगर, बखत बहादुर हमाल, डक्टर राई लगायत वरिष्ठ लाेकगायक गायिकाहरूकाे उपस्थिति रहेकाे थियाे ।