विश्व सङ्गीत दिवसको शुभकामना


हरेक वर्ष   २१ जुन दिन मनाइने विश्व सङ्गीत दिवसको सुअवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले   सम्पूर्ण साङ्गीतिक क्षेत्रमा क्रियाशील स्रष्टा, सर्जक तथा सङ्गीत अनुरागीमा  शुभकामना व्यक्त गर्नुभयो । 
साङ्गीतिक क्षेत्रमा क्रियाशील सङ्गीतकर्मीहरुका लागि आज विशेष दिन भएको प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले बताउनु भयो ।
विश्व सङ्गीत दिवसको शुभकामना दिनुहुँदै अहिले विषम परिस्थितिमा सावधानी अपनाएर सुरक्षित रही आफू बच्ने र अरुलाई पनि बचाउनुपर्ने अवस्था रहेको जानकारी प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले दिनुभयो । 

विश्व अहिले कोभिड–१९ बाट आक्रान्त भएको अवस्थामा आर्थिक, सामाजिक गतिविधिहरु जस्तै साङ्गीतिक गतिविधिहरु पनि ठप्पजस्तै भएको विचार प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले बताउनु भयो ।

प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने भनिएका कार्यक्रमहरु यस विषम परिस्थितिका कारण स्थगित गरिएको छ ।