शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम काठमाडाैंमा सम्पन्न

असार ३ गते ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम काठमाडाैंमा सम्पन्न भएको छ । आइतबार महांकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सह–आयोजक नेपाल शास्त्रीय संगीत समाज रहेको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईकाे सभाध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईकाे प्रमुख अातिथ्यतामा अायाेजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रममा शास्त्रीय रागमा अाधारित चार अाेटा साङ्गीतिक प्रस्तुति रहेकाे थियाे। सुगमा गौतमको गायन शशांक सापकोटाकाे तबला वादन र यतिराज अधिकारीकाे भाइलिन वादनमा भिन्न षडज राग प्रस्तुत गरिएकाे थियाे । त्यस्तै । नगेन्द्र विक्रम राईको बाँसुरी वादनमा मधुमद राग प्रस्तुत गरिएकाे थियो । जसमा नवराज गुरुङ तबलामा र गीता राई तानपुरामा हुनुहुन्थ्यो ।

यस्तै सानु तामाङको समूहले मधुवन्ती रागको प्रस्तुति दिएकाे थियो । गायनमा सानु तामाङ, तबलामा पारसमणी सुवेदी, तानपुरामा गायत्री राना मगर र हार्मोनियममा नवराज सापकोटा हुनुहुन्थ्यो ।

 

 

त्यसैगरी सन्तोषभक्त श्रेष्ठ र समूहले शुद्ध सारंग रागकाे प्रस्तुति दिएकाे थियो । जसमा सन्तोषभक्त श्रेष्ठ ईशाराज वादन, विदुरराज कर्णीकार तबलामा र तानपुरामा सिर्जना दुलाल रहनुभएकाे थियाे । कार्यक्रममा झरना श्रेष्ठले भरत नाट्यम् र कुमारी नृत्य प्रस्तुत गर्नुभएकाे थियाे । र अन्तिम प्रस्तुति स्वरूप जनकल्यान मा.विका विद्यार्थीहरूले रेशम फिरिरि बाेलकाे गीतमा साङ्गीतिक प्रस्तुति दिनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले मानव सभ्यताकाे पुरानाे कला सङ्गीत भएकाे बताउँँदै शास्त्रीय सङ्गीतमा समय सापेक्ष परिवर्तनको खाँचाे रहेकाे र यसलाई शिक्षासँग जाेड्न जरूरी रहेकाे बताउनु भयाे ।

कार्यक्रममा मन्तव्य राख्दै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतष्ठानले अागामी दिनमा अायाेजना गर्ने कार्यक्रमलाई अझ व्यवस्थित र अाम जनतासँगकाे पहुँचमा पुर्याउने बताउनु भयाे ।

कार्यक्रममा बोल्दै नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपालीले कार्यक्रम विद्यालयमा सञ्चालन गर्नुको उद्देश्य शास्त्रीय संगीतबारे युवा पिढीलाई जागृत गर्नु रहेको बताउनु भयाे । उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय सङ्गीत विभाग र नेपाल शास्त्रीय संगीत समाजले संगीत परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयाे ।

यस्तै शास्त्रीय संगीतकार विजय कुमार श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शास्त्रीय संगीतका वास्तविक साधकमा विशेष प्रकारको गुण हुने बताउँदै भन्नू भयाे, ‘संगीतकारले संसार बिर्सन सक्छ, संगीतका वास्तविक साधक सधैं मानिसको मनमा बस्छन् ।"उहाँले अगाडि भन्नुभयाे , ‘सफलतामा हतार गर्नु हुन्न, सगरमाथा चढ्दा जुन पाइला बनाइन्छ, त्यसलाई पछ्याउँदै ओर्लने हो, हतारमा हाम फाले कता पुगिन्छ थाहा हुन्न ।’

परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रममा विभाग प्रमुख प्राज्ञ डक्टर राईले स्वागत मन्तव्य दिदै परम्परागत तथा शास्त्रीय सङ्गीतका प्रस्तुतिलाई गाउँ गाउँमा लैजाने याेजना सुनाउनु भयाे ।

प्राज्ञ राधा राईले सञ्चालन गर्नुभएकाे कार्यक्रममा प्रस्तुति दिने कलाकारहरू तथा सहयाेगी व्यक्ति तथा संस्थालाई कदर पत्र तथा सम्झनाकाे चिनाे प्रदान गरिएको थियोे ।