१३ औँ वार्षिकोत्सवका अवसरमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ घोषणा

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम २०६७ साल बैशाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन माननीय मन्त्री सुदन किरातीज्यूको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक प्रस्तुतिहरु सहित १३ औँ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किरातीज्यूले गीत सङ्गीतका मार्फतबाट जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनु हुँदै संस्कृतिको क्षेत्रमा ठूलो अभियान चलाउनु पर्छ भनेर नीति तथा कार्यक्रममा नयाँ कुराहरु ल्याउन लागेको बताउनुभयो ।

कार्यक्रममा कुलपति निशा शर्माले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ प्राप्त गर्नुहुने कलाकार÷स्रष्टाको नाम सार्वजनिक गर्नुहुँदै सरकारले आफू लगायत प्राज्ञ परिषद र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने बताउनु भयो । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ यसै आर्थिक वर्षभित्र राष्ट्रपतिको हातबाट प्रदान गरिने जानकारी दिनु भयो । साथै यसै वर्ष देखि ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा आजीवन योगदान सम्मान’ एक जना विशिष्ठ स्रष्टा सर्जकलाई प्रदान गर्ने गरी गृहकार्य भइरहेको समेत बताउनु भयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, तथा वरिष्ठ सङ्गीतकारले आफ्नो भनाई राख्दै संस्कृति मन्त्रालयलाई छुट्टै मन्त्रालयका रुपमा स्थापति गर्नुपर्नेमा जोड दिनु भयो ।

हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्वपूर्ण योगदान पु¥याउनु हुने ६ जना श्रष्टा तथा सर्जकहरुलाई प्रदान गरिदँै आएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ यस वर्षको सङ्गीत विधातर्फ नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिक, लोक सङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नविन किशोर राइर्, परम्परागत तथा शास्त्रीय सङ्गीत विधा तर्फ वरिष्ठ सङ्गीत साधक विजय कुमार श्रेष्ठ, नाटक विधा तर्फ प्रा. डा. रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फ वरिष्ठ निर्देशक भैरव क्षेत्री तथा नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ ।

उक्त अवसरमा सांस्कृतिक कार्यक्रमस्वरुप उदिराम खड्काले मयुर नृत्य, प्राज्ञ शान्ति कठायत तथा समूलले देशभक्ति गीतमा नृत्य, वरिष्ठ लोक गायक राजु परियारले लोक गीत, प्राज्ञ परिषद सदस्य टिका पुनले लोक गीत तथा डक्टर किरात राई को संयोजनमा कलाकारहरुले शास्त्रीय यमन राग प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमलाई प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले सहजीकरण गर्नु भएको थियो ।