‘गीत लेखन कला’ विषयक कार्यशाला तथा गोष्ठी कार्यक्रम सम्पन्न
काठमाडौँ, असार २१ गते ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘गीत लेखन कला’ विषयक कार्यशाला तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको सभाध्यक्षता तथा वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार निनु चापागाईं तथा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले ‘गीत लेखन कला’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले गीत लेखनका विविध पक्षहरुको विश्लेषण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति शम्भु राईले सरोकारवाला सबैको सल्लाह र सुझावलाई समेटेर प्रतिष्ठान आगाडी बढ्ने बताउँदै नेपाली गीत सङ्गीतलाई सभ्य र सुसंस्कृत बनाउन चलचित्रलाई जस्तै सेन्सर गरेर मात्र बजारमा पठाउने व्यवस्था मिलाउनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रमा बोल्दै वरिष्ठ साहित्यकार निनु चापागाईंले समाजको यथार्थतालाई उपन्यासले जस्तो कथाले प्रस्तुत गर्न नसक्ने, कथाले जसरी कविताले प्रस्तुत गर्न नसक्ने र कविताले जसरी गीतले यथार्थता प्रस्तुत गर्न नसकिने बताउनु हुँदै गीत कविता विधाभित्रको विशिष्कृत विधा भएको बताउनु भयो ।
प्रस्तुत कार्यपत्रमाथि जनसाँस्कृतिक महासंघ नेपालका कार्यवाहक अध्यक्ष भिम कुमाखी तथा लोक गायक किरण बाबु पुनले टिप्पणी गर्दै कार्यपत्रमा गीत लेखनका ऐतिहासिक पक्ष तथा गीत लेखनका सबै विधालाई समेत समेट्नु पर्नेमा जोड दिनु भयो ।
कार्यपत्रमाथि वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, गीतकार विश्व दोङ, चिरन पुन लगायतले गीतका विषयमा छलफल कम हुने गरेकाे र आ गामी दिनमा गीतका विषयमा छलफललाइ निरन्तरता दिन आग्रह गर्नु भयाे ।
सङ्गीत विभाग प्रमुख कर्ण बहादुर गौतमले सहजिकरण तथा नाटक वभाग प्रमुख हिसन मगरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद सदस्य हिसन मगर, डक्टर राई, टीका पुन, पूर्व प्राज्ञ सभा सदस्य निलिमा पुन, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, वरिष्ठा सङ्गीतकार महेश खड्का लगायत वरिष्ठ सङ्गीतकर्मीहरु, वरिष्ठ गीतकारहरु उपस्थिति रहेको थियो ।