‘रङ्गराग’ पूर्णाङ्क ५ प्रकाशित

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका विभिन्न गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्र तथा सङ्गीत तथा नाट्य क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरुद्वारा लिखित लेखहरुको सङ्ग्रह ‘रङ्गराग’को पूर्णाङ्क ५ यस प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । यसले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको अवस्था बारे जान्न र बुझ्न चहाने नेपाली सङ्गीत तथा नाटक अनुरागीहरुलाई सयोग पुग्ने देखिन्छ । यसको विक्री मूल्य प्रतिष्ठानले रु १००।– कायम गरेको छ । नेपाल सङ्गीत तथा नाट्यप्रज्ञा प्रतिष्ठानको कार्यालयमा आई आफ्नो प्रति सुरक्षित गर्न सक्नुहुनेछ ।