नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७५

राष्ट्रपति भवन शितल निवासमा असार २५ गते सम्माननीय राष्ट्रपति विद्यादवी भ०डारीज्यूबाट नेपाली स‌ङ्गीत नाट्य जगतका अग्रज ६ जना स्रष्टालाइ नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७५ प्रदान गरिएकाे छ । नाटक विधाबाट श्यामदास वैष्णव, सङ्गीत विधाबाट अग्रज गायक प्रेमध्वज प्रधान, शास्त्रीय सङ्गीत विधाबाट सङ्गीत साधक जगदेव कामत, लाेक गीत विधाबाट लाेक गायक/ सङ्कलक प्रेमदेव गिरी, रङ्गमन्च/ अभिनय विधाबाट अग्रज रंगकर्मी अाेममणि शर्मा तथा नृत्य विधाबाट अग्रज नृत्य निर्देशक हनी श्रेष्ठ जनही १,००,००१ एक लाख एक रुपैँया र ताम्रपत्र सहित सम्मानीत हुनुभएकाे छ ।