शुभकामना आदान प्रदान
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा नेपालीहरुकाे महान पर्व बडा दसैं, शुभ–दिपावली तथा छठ पर्व को पावन अवसरमा असाेज १५ गते बुधबारका दिन प्रतिष्ठान परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नजिकिदै गरेकाे चाड पर्वकाे अवसर पारेर प्रतिषठानका पदाधिकारी तथा कर्मचारीबीच शुभकामना साटासाट गर्ने उद्देश्यले साे कार्यक्रम आयाेजना गरिएकाे हाे ।
प्रतिष्ठानका कुलपति नारायणभत्तः श्रेष्ठकाे सभापतित्वमा अायाेजना भएकाे कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरु साथै कर्मचारीले शुभकामनाका साथ दिएकाे साङ्गीतिक तथा साहित्यिक प्रस्तुतिहरुले कार्यक्रम विशेष बन्न पुगेकाे थियाे । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय हरिदेवी काेइराला तथा नमूना शर्मा देवकाेटाले दशैंलाइृ विषयवस्तु बनाएर रचिएकाे गीत प्रस्तुत गर्नु भयाे भने प्रतिष्ठानकै प्राज्ञ परिषद् सदस्य धिरेन्द्र प्रेमर्षीले गजल वाचन गनुभयाे । त्यस्तै प्रतिष्ठानका कर्मचारी एवम् नेपाली साहित्य विधा कविताका क्षेत्रमा लाेकप्रिय नाम स्वप्निल स्मृतिले 'एक मिनेट माैनधारण' शिर्षकमा कविता वाचन गर्नु भयाे ।
शुभकामना मन्तव्यका क्रममा प्रतिष्ठानका कर्मचारी एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारीबन्धु भुजेलले सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरुलाइ शुभकामना दिनुहुदै पदाधिकारीहरुले मन्त्रालयमा राेकिएकाे संसाेधनसहितकाे कर्मचारी नियमावलीलाइ अगाडि बढाउन पहल कदमी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा शुभकामना दिनु हुदै प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले देवी भवानीकाे अाशिषले हामी सबैमा अाराेग्यता शुख शान्ति एवम् समृद्धिकाे कामना गर्नुभयाे । उहाँले प्रतिष्ठानका कर्मचारी र पदाधिकारीकाे संयुक्त प्रयास र मेहनतले मात्रै प्रतिष्ठानका कामकारवाहीहरु उदेश्य अनुरुप अगाडि बढ्ने बताउनु भयाे । त्यसैले कर्मचारी र पदाधिकारीबीच पःरक छुट्टयाउन नहुने पनि बताउनु भयाे । प्रतिष्ठानलाइ मजबुत बनाउन र परनिर्भरता बाट मुक्त हुन अापःनै अायश्राेत खाेज्नु पर्नेमा जाेड दिनु भयाे ।
त्यस्तै कार्यक्रम समापन गर्नु हुँदै प्रतिष्ठानका कुलपति रायनले नेपालीहरुकाे महान पर्व बडा दसैं, शुभ–दिपावली तथा छठ पर्वले प्रतिष्ठानलाइ बलियाे र मजबुत बनाउन हामीमा नयाँ जाेस र जाँगर प्रदान गराेस् भन्ने कामना गर्नु भयाे ।
सार्थक महराले संचालन गर्नु भएकाे कार्यक्रममा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।