13th National Children's Drama Festival held virtually

१३  औं राष्ट्रिय बाल नाटक महोत्सव  सम्पन्न

११ चैत्र २०७८ । शैली थिएटरको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र रूसी विज्ञान तथा सांस्कृतिक केन्द्रको प्रस्तुतिमा २०७८ चैत्र २ गते बाट  भर्चुअल रूपमा आयोजित १३  औं राष्ट्रिय बाल नाटक महोत्सव  सम्पन्न भएकाे छ ।  शैली थिएटरको आधिकारिक युट्युब च्यानलबाट  प्रत्येक दिन छनाैट भएका नाै नाटकहरु प्रसारण भएका थिए ।

महाेत्सवमा दीप हाइ स्कूल भाेटेबाहलकाे प्रस्तुति ‘जेनिसको जन्म’, पोजेटिभ ग्रुपको ‘पिंजडा’, रिलायन्स इन्टरनेश्नल एकेडेमीको ‘एसिड अट्याक’, रेडस्टार मा.वि पथरीको ‘आमा नहँुदा एक साँझ’, दर्शना स्कूलको ‘मूर्खको खोजी’, मर्निङस्टार स्कूल विरेन्द्रनगरको ‘छाउपडी’, निस्ट स्कूल भक्तपुरको ‘टालो’,  समता निकेतनको ‘सोचौँ है’ र टाइम्स् इन्टरनेशनल कलेजको ‘सान्त्वना’ गरी कुल नौ नाटक प्रसारण भएका थिए । 

चैत १० गते सम्म सञ्चालन हुने नाटक महोत्सवमा निर्णायकको भूमिकामा रङ्गकर्मी तथा निर्देशक भोलाराज सापकोटा र रङ्गकर्मी तथा निर्देशक सिर्जना अधिकारी हुनुहुन्छ । 

देश भरको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट  महोत्सवका लागि प्राप्त नाटकहरुमध्ये बाट छनौट भएका नाटक महोत्सवमा समावेश गरिएको बताउँदै केही दिन पश्चात महाेत्सवकाे नतिजा सार्वजनिक गर्ने जानकारी शैली  िथएटरकी प्रतिनिधी सरस्वती अधिकारीले जानकारी दिनुभयाे ।

नाटक हेर्नका लागि यहाँ थिच्नुहोस् ः https://www.youtube.com/c/SHAILEETHEATRE